• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    यसपटक कोभिडका रिपोर्टमा किन पहिला नेगेटिभ भएर पछि पोजिटिभ देखिँदैछन्?

  • वीरगंज संजाल
  • १५ माघ २०७८, शनिबार ०७:३५
  • ३३९३

    परिवारका सदस्यकै रिपोर्ट पोजिटिभ हुँदा, आफूलाई पनि कोभिडको लक्षण हुँदा पनि जाँचको रिपोर्ट नेगेटिभ देखिएको छ। कति जनाको पहिले एन्टिजेन टेस्ट गर्दा नेगेटिभ आएपछि पिसिआर गर्दा पोजिटिभ आएको छ। किन?

    पहिलेका भेरिएन्टको संक्रमणमा लक्षण शुरु हुनु १-२ दिनअगावै पिसिआर र एन्टिजेन पोजिटिभ देखिन्थे, किनभने भाइरसको पर्याप्त मात्रा उत्पादन भइसकेको हुन्थ्यो। तर यसपालि त्यस्तो कम देखिएको जस्तो बुझिन्छ।

    यसो हुनुको एउटा मुख्य कारण के हो भने यसपाली हामीमा आमरूपले पहिले भन्दा भाइरससँग लड्ने प्रतिरोधी क्षमता बढी छ- पहिलेको संक्रमण वा खोपको कारणले।

    त्यसैले संक्रमणपछि भाइरसले शरीरका कोषिकाहरूभित्र प्रवेश गरेर पहिले जस्तो सजिलैसँग चाँडो चाँडो धेरै नयाँ भाइरस उत्पादन गर्न सकेको छैन, त्यसो गर्न केही दिन बढी लागेको छ।

    त्यसो हुँदा, घाँटी वा नाकमा परीक्षणले पत्ता लगाउनको लागि भाइरसको पर्याप्त संख्या तयार भइनसकेको रहेछ भने एन्टिजेनले शुरुमा नेगेटिभ देखाउन सक्छ।

    अनि १-२ दिनपछि फेरि एन्टिजेन वा पिसिआर गर्दा चाहिं भाइरसको पर्याप्त मात्रा तयार भइसक्ने हुनाले पोजिटिभ देखिन्छ।

    ओमिक्रोनको लहरमा एन्टिजेनमा केही दिन ढिलो पोजिटिभ देखिन सक्ने कुरा वैज्ञानिक अध्ययनले पनि पुष्टि गरिसकेका छन्।

    यदि टेस्टको नतिजा नेगेटिभ आयो तर तपाईंलाई लक्षण छ वा संक्रमणको शंका छ भने अरूबाट छुट्टै नै बसिरहनुहोला, आफूलाई संक्रमण भएकै बुझेर सावधानी अपनाउनुहोला, स्वास्थ्यको निगरानी पनि गर्नुहोला।

    बरू १-२ दिनमा फेरि परीक्षण गरेर हेर्नुहोला।

    कसैको चाहिं लक्षण देखिएपछि पहिले पिसिआर नै गर्दा नेगेटिभ आएपछि फेरि शङ्का लागेर १ दिनपछि एन्टिजेन जाँच गर्दा पोजिटिभ आएको छ। वास्तवमा माथि बताइएको कुराले पिसिआर प्रविधिलाई खासै फरक नपार्नु पर्ने हो, तर मैले निकट परिवारमै पनि यस्तै देखेको छु।

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामै गरिएको जाँचमा ‘फल्स नेगेटिभ’ देखिएकोले जाँचकै गुणस्तरमा प्रश्न उठाउन पनि नमिल्ला।पिसिआर मै यसरी फल्स नेगेटिभ आएको पनि रोग प्रतिरोधी क्षमता बढेकै कारणले भएको हो कि भन्ने कुरा चाहिं यसका विज्ञहरूलाई नै निर्क्यौल गर्न अनुरोध गरें।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑