वीरगञ्ज । कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले माघ मसान्तसम्म भौतिक रूपमा शैक्षिक क्रियाकलाप नगर्न सिफारिस गरेको छ ।
यसअघि माघ १५ गतेसम्म भौतिक रूपमा शैक्षिक क्रियाकलाप सञ्चालनमा रोक लगाइएको थियो ।तर, जोखिम कायमै रहेकाले माघ मसान्तसम्म भौतिक रूपमा हुने शैक्षिक क्रियाकलापमा रोक लगाउन मन्त्रिपरिषद्लाई सिफारिस गरिएको सीसीएमसीसीकीप्रवक्ता सुनिता नेपालले जानकारी दिइन् ।
यसैगरी सीसीएसीसीले जनस्वास्थ्यका मापदण्ड पालना गरेर रोकिएका परीक्षाहरू चलाउन शिक्षा मन्त्रालयलाई सिफारिस गरेको छ । “यसअघि मन्त्रिपरिषद् बैठकले नै पूर्व निर्धारित परीक्षा कलेजका परीक्षाहरू जनस्वास्थ्यका मापदण्ड पालना गरेर सञ्चालन गर्न सकिने निर्णय गरेको थियो । तर, संक्रमणदर एकदम बढेपछि उहाँहरूले यसलाई रोक्नुभएको थियो । अब फेरि हामीले जनस्वास्थ्यका मापदण्ड पालना गरेर परीक्षाा सञ्चालन गर्न गराउन शिक्षा मन्त्रालयलाई सिफारिस गरेका छौँ,” उनले बाह्रखरीसँग भनिन् ।
साभार्:-बाह्रखरी