सन्नी चौरसिया । वीरगञ्ज । माघ ७ गते एन्टिजेन परीक्षणबाट कोरोना संक्रमण पुष्टि भएकी ६५ वर्षीय वृद्धाको शुक्रवार बिहान साढे ७ बजे मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा. उदयनारायण सिँहले जानकारी दिए ।
कोभिड संयोजक डा. सिँहका अनुसार अहिले अस्पतालको कोभिड वार्डमा हाल १४ जना उपचाररत छन् । ति मध्ये ९ जनाको अवस्था अत्यन्तै गम्भिर छ । ८ जनालाई अक्सिजन सपोर्टमा राखिएको छ भने १ जनाको भेन्टिलेटरमा उपचार भईरहेको छ । भेन्टिलेटरमा राखिएका बिरामीको अवस्था चिन्ताजनक रहेको डा. सिँहले बताए । मृत्यु भएकी महिलाले कोरोना भाइरसविरुद्धको खोप भेरोसेलको दुवै डोज लगाइसकेकी थिइन् ।
यही अवधीमा थप ५ हजार ४३२ जना संक्रमणमुक्त भएका छन् । आज कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ ।हाल देशभर सक्रिय संक्रमितको संख्या ८९ हजार ९४१ रहेको छन् ।आइसीयूमा २ सय ५६ जना भेन्टीलेटरमा ४५ जना संक्रमति उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।