वीरगञ्ज । बारा प्रहरीले खैरो हेरोइनसहित १ जनालाई पक्राउ गरेको छ ।
सिमा प्रहरी चौकी छतवा बाराबाट खटिएको प्रहरी टोलीले २१ ग्राम अवैध लागू औषध खैरो हेरोइन (ब्राउन सुगर) सहित भारत बिहार, जिल्ला मोतिहारी थाना हरपुर ग्राम पंचायत हरपुर वडा नं.१२ ग्राम रामपुर बस्ने नन्का हुसेनको छोरा वर्ष ३२ को नबाब हुसेनलाई पक्राउ गरेको हो ।
प्रहरी टोलीले जिल्ला बारा बिश्रामपुर गाउँपालिका वडा नं.१ बटम चोक स्थितमा भारतबाट नेपालतर्फ शंकास्पद अवस्थामा आउँदै गरेकोमा चेकजाँच गर्दा खैरो हेरोइन फेला परेपछि हुसेनलाई पक्राउ गरेको हो ।
प्रहरीले हुसेनको BR05AP 6046 नम्बरको मोटरसाईकल पनि नियन्त्रणमा लिएको छ । हुसैनलाई लागू औषध मुद्दामा बारा जिल्ला अदालतबाट पहिलो पटक दिन १० को म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक राजेश थापाले जानकारी दिए ।
साभार्:-नेपाल्पोस्ट