• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    किलोको २२ रुपैयाँमा पनि बिकेन अदुवा, किसानलाई घरखर्चको चिन्ता

  • वीरगंज संजाल
  • १४ माघ २०७८, शुक्रबार १७:०५
  • २८५३

    वीरगञ्ज । बन्गाड कुपिण्डे ९ सेराका भद्रबहादुर बुढाथोकीले गत वर्ष १० क्विन्टल अदुवा उत्पादन गरेर ३० रुपैयाँ प्रतिकिलो घरबाटै सजिलै बिक्री गरे । यो वर्ष सात रोपनी जग्गामा उनले १५ क्विन्टल भन्दा बढी अदुवा फलाएका थिए । उनले यो वर्ष उत्पादन गरेको अदुवामध्ये अहिलेसम्म जम्मा पाँच क्विन्टल मात्र बिक्री गर्न सकेका छन् ।

    खरिदकर्ता कोही नआउँदा र स्थानीय गल्ला ब्यापारीले पनि २२ रुपैयाँ प्रतिकिलोमा पनि लिन नचाहेपछि उनले उत्पादन गरेकाे धेरै अदुवा सुटो बनाएका छन् ।

    सिद्धकुमाख गाउँपालिका दहका धनबहादुर बस्नेतले खरिदकर्ता नआएकै कारण लगातार तीन वर्षयता अदुवा बिक्री गर्न कठिनाइ भएको गुनासो गरे । अदुवा बिक्री नहुँदा घरखर्च जुटाउन समस्या हुँदै आएको उनले बताए । खाद्यबाली लगाउन छाडी व्यावसायिक अदुवा खेतीमा लागेका उनले यो वर्ष १५ क्विन्टल अदुवा उत्पादन गरेपनि अहिले २२ रुपैयाँ प्रति किलोका दरले तीन क्विन्टल नगदमा बिक्री गरे भने तीन क्विन्टल उधारोमा दिएको बताए । ‘घरमा ८/९ क्विन्टल अदुवा छ । बिक्री गर्ने समय सकिन थालेपनि कसैले लिन मानेका छैनन्’ उनले भने ।

    कोल्डस्टोरको अभावमा उत्पादित अदुवा सुक्दै गएको छ । त्यत्तिकै खेर जानुभन्दा सुटो बनाउने तयारी गरेको उनले बताए । उनले भने, ‘सुटो पनि बिक्दैन, गत वर्ष बनाएको दुई क्विन्टल सुटो मूल्य नपाएकै कारण त्यत्तिकै थन्किएको छ ।’ अदुवा उत्पादन गरेर घरखर्च नचल्ने भएपछि यो खेती नै छाड्ने उनको तयारी छ ।

    जिल्लाबाट अधिकांश अदुवा भारत निकासी हुने गरेको थियो । यसपालि कोरोना समस्याका कारण भारतबाट ठूला खरिदकर्ता नआएका कारण उत्पादन गरेको अदुवा बिक्री नभएको र प्रतिकेजी २२ भन्दा माथि नगएपछि जिल्लाका अधिकांश किसान सुटो बनाउन बाध्य भएका छन् । खरिदकर्ता नआएपछि उत्पादन गरेको अदुवा त्यत्तिकै चाम्रिएर कुहिने डरले किसानहरुले सुटो बनाएका हुन् ।

    कृषि विकास कार्यालय सल्यानका सूचना अधिकृत रेसमबहादुर बस्नेतले जिल्लामा उत्पादित अदुवा काठमाडौं, नेपालगन्ज, बुटवल र अधिकांश भारतमा जाने गरेपनि यसपालि अहिलेसम्म कुल उत्पादनको ३५ प्रतिशत मात्र जिल्लाबाहिर निकासी भएको बताए । जिल्लाको माल्नेटामा उत्पादित अदुवा भने बिक्रीमा खासै समस्या नभएको उनले जानकारी गराए । उनका अनुसार माल्नेटामा उत्पादित अदुवा सबै सुर्खेतमा संचालित अदुवा प्रशोधन केन्द्रले लैजाने गरेको छ ।

    पछिल्लो समय कोरोनाले गर्दा भारतका ठूला ब्यापारी अदुवा खरिद गर्न आएनन् । जसले गर्दा अदुवाले भाउ पाउन नसकेको उनले बताए । अर्कोतर्फ काेल्ड स्टोर नहुँदा अदुवा खेर फाल्नुपर्ने बाध्यता छ । जिल्लामा यो वर्ष १ हजार ७ सय ५० हेक्टरमा किसानले अदुवा लगाएका थिए । जसबाट २८ हजार ५ सय ५९ मेट्रिक टन उत्पादन भएको थियो । अदुवा बिक्री गरेर किसानले वार्षिक २० करोडसम्म भित्र्याउँदै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आज बुधबारको राशिफल
  • भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड
  • उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न
  • सिरहामा गाँजासहित तीन जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    चट्याङबाट चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    आज बुधबारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आज बुधबारको राशिफल

    News

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    News

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    News

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    News

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑