• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सुत्केरी, गर्भवतीमा पनि कोरोना सङ्क्रमण ह्वात्तै बढ्यो

  • वीरगंज संजाल
  • १३ माघ २०७८, बिहीबार १३:५०
  • ३१६१

    वीरगन्ज । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका निर्देशक डा. अमिरबाबु श्रेष्ठका अनुसार त्यहाँ गएको एक सातामा मात्रै १०६ जना कोरोना सङ्क्रमित सुत्केरीले सेवा लिएका छन् । यसरी पछिल्लो समय अस्पतालमा सुत्केरी गराउन पुग्नेमध्ये धेरैजनालाई कोरोना सङ्क्रमण भएको पाइएको छ । अस्पतालमा नियमित जाँच गर्न जाने गर्भवती र सुत्केरी गराउन पुग्नेमा कोरोना सङ्क्रमण दर निकै बढेको उपत्यकाका अस्पताल स्रोतले जनाएका छन् ।

    प्रसूति गृहले कोभिड वार्ड बन्द गरेको थियो । कोरोनाको तेस्रो लहर सुरु भएपछि ३ माघबाट कोभिड वार्ड पुनः सञ्चालन गरेको हो । निर्देशक डा. श्रेष्ठका अनुसार कोभिड वार्डमा हाल ६५ जना सुत्केरी भर्ना छन्, जसमध्ये नर्मल डेलिभरी ३२ जना तथा ३३ जनाले अप्रेसन गरेर बच्चा जन्माएका हुन् । भर्ना भएका मध्ये १५ जना सुत्केरी कोरोना सङ्क्रमित छन् ।

    यस्तै, पाटन अस्पतालमा सुत्केरी हुन पुग्ने अधिकांश गर्भवती महिला पनि कोरोना पोजेटिभ भएको पाइएको छ । पाटन अस्पतालको बर्थिङ सेन्टरमा हाल २५ जना कोरोना सङ्क्रमित महिला भर्ना भएका छन् । सुत्केरी गराउनु अघि पीसीआर परीक्षण गराउँदा अधिकांशलाई कोरोना पोजेटिभ देखिएको पाटन अस्पतालका निर्देशक डा.रवि शाक्यले बताए ।

    गर्भवती, सुत्केरीको स्वास्थ्य अवस्था

    अस्पतालहरूमा नियमित जाँचका लागि ओपिडी वार्डमा पुग्ने महिलाहरूलाई पनि कोरोना सङ्क्रमण भएको चिकित्सकहरू बताउँछन् । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा दुई जना गर्भवती महिला कोरोना सङ्क्रमणका कारण भर्ना भएको छाती रोग विशेषज्ञ तथा कोभिड वार्डका फोकलपर्सन डा. निरज बमले जानकारी दिए ।

    ‘शल्यक्रिया गर्नुपर्ने महिलामा सङ्क्रमणको लक्षण देखिएमा कोरोना परीक्षण गछौंँ,’ प्रसूतिका निर्देशक डा. श्रेष्ठले भने, ‘स्त्रीरोगसम्बन्धी अप्रेसनका लागि अनिवार्य रूपमा पीसीआर गर्नुपर्छ ।’

    कोरोना सङ्क्रमणका कारण अस्पताल भर्ना भएका गर्भवती तथा सुत्केरी हुन पुग्नेको स्वास्थ्य अवस्था भने जटिल नदेखिएको प्रसूति अस्पतालका निर्देशक डा.श्रेष्ठको भनाइ छ । ‘प्रायः गर्भवती महिलाहरू ४० वर्ष कम उमेर समूहका हुन्छन् । गर्भवती स्वास्थ्य नै हुन्छन्,’ उनले भने, ‘तर यस समयमा रोग प्रतिरोधात्मक क्षमता अलि कम नै हुन्छ ।’

    सङ्क्रमण भएका महिलालाई घाँटी दुख्ने, स्वर बस्ने, बोल्न गाह्रो हुने, शरीर दुख्ने र ज्वरो आउने लगायतका लक्षण देखिएको टिचिङ अस्पतालका छाती रोग विशेषज्ञ तथा कोभिड वार्डका फोकलपर्सन डा. बमको भनाइ छ ।

    पाटन अस्पतालका निर्देशक डा. शाक्यका अनुसार अस्पतालमा सुत्केरी हुन तथा नियमित जाँचका लागि पुग्ने मध्ये धेरैले खोप लगाएको पाइएको छ । ग्रामीण भेगबाट अस्पतालमा सुत्केरी तथा उपचारका आउने केही महिलाले भने खोप नलगाएको पाइएको प्रसूति अस्पतालका निर्देशक डा.श्रेष्ठले बताए ।

    गर्भवतीले स्वास्थ्यको ख्याल कसरी गर्ने ?

    कोरोना सङ्क्रमण तीव्र गतिमा फैलिएकाले सकेसम्म गर्भवती महिला घरबाहिर ननिस्किन प्रसूति गृहका स्त्रीरोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदी सुझाव दिन्छन् । अस्पतालमा नियमित जाँचका लागि सम्बन्धित चिकित्सकसँग फोनमा कुरा गरेर आवश्यक परेको खण्डमा मात्र अस्पताल पुग्न उनको आग्रह छ । यस्तै, भीडभाड, सार्वजनिक सवारी साधनमा सकेसम्म यात्रा नगर्न उनको सुझाव छ । गर्भवती भएको पहिलो तीन महिनापछि कोरोनाविरुद्धको खोप सबै गर्भवतीले लगाउन अतिआवश्यक हुने तथा दुवै मात्रा खोप लगाएको ६ महिना पुगेमा बुस्टर जोड लगाउन सकिन्छ ।

    साथै, गर्भावस्थामा कोरोना सङ्क्रमण पुष्टि भएमा चिकित्सकको सल्लाह विना औषधि सेवन नगर्न डा.सुवेदीले सुझाव दिन्छन् । गर्भवतीले चिकित्सकको सल्लाहअनुसार क्याल्सियम, फोलिक एसिड, आइरन, सेवन गर्नु पर्छ । प्रोटिनयुक्त खाना र झोलिलो पदार्थ सेवनमा धेरै जोड दिनुपर्छ । गर्भवतीलाई कोरोना सङ्क्रमणबाहेक अन्य रोग सर्ने सम्भावना धेरै हुने भएकाले सरसफाइमा धेरै ध्यान दिनुका साथै पटक पटक साबुन पानीले हात धुने, स्यानिटाइजरको प्रयोग गर्नुपर्छ । ।

    ‘परिवार योजना बनाएका महिलाले खोप लगाएमा बच्चा बस्दैन, पेटमा भएको बच्चाको स्वास्थ्यमा असर पर्छ कि भनेर खोप नलगाउने प्रवृत्ति भ्रम मात्रै हो,’ डा सुवेदीले भने, ‘परिवार योजना बनाइरहेको महिलाले पनि अनिवार्य रूपमा खोप लगाउनै पर्छ ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका
  • पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै
  • बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड
  • अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    इरानमाथि आक्रमण गर्न अमेरिकी सेनालाई राष्ट्रपति ट्रम्पको स्वीकृति

    लागूऔषधसहित पोखराबाट चार जना पक्राउ

    राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्‍यो संसद वहिष्कार

    सांसद थापाले च्याते संसदभित्रै बजेट पुस्तिका

    सुरक्षित तथा पर्याप्त खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    News

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    News

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    News

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    News

    इरानको सरकारी टिभी ह्याक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑