• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोभिड खोप लगाइदिएवापत २० हजार घुस लिएको आरोप लागेका दुई स्वास्थ्यकर्मीविरुद्ध विशेष अदालतमा मुद्धा

  • वीरगंज संजाल
  • १३ माघ २०७८, बिहीबार १०:१८
  • २९७७

    बिरगंज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोरोना विरुद्धको खोप लगाउनका लागि सेवाग्राहीसंग २० हजार रुपैयाँ घुस लिएको आरोपमा जनकपुरबाट पक्राउ परेका दुई जना स्वास्थ्यकर्मी विरुद्ध विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको छ ।

    अख्तियारले महोत्तरी स्वास्थ्य चौकी, महोत्तरीमा कार्यरत हेल्थ असिस्टेन्ट अजयकुमार साह र हेल्थ असिस्टेन्ट अध्ययन गरिरहेका विद्यार्थी कृष्णाकुमार यादवविरुद्ध मुद्धा दायर गरेको हो ।

    अख्तियारको टोलीले उनीहरुलाई गत २७ मंसिरमा जनकपुरबाट पक्राउ गरेको थियो । नियन्त्रणमा लिएर छानवीन गर्दा आरोप पुष्टि भएपछि विशेष अदालतमा मुद्धा दायर गरेको अख्तियारका सहायक प्रवक्ता बेदप्रसाद भण्डारीले आज जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

    हेल्थ असिस्टेन्ट साहले कोरोना विरुद्धको खोप जोन्सन एन्ड जोन्सन लगाई दिनका लागि सेवाग्राहीसंग २० हजार रुपैयाँ मागेको र उनको निर्देशनमा हेल्थ असिस्टेन्ट (विद्यार्थी) कृष्णाकुमार यादवले खोप लगाई दिई २० हजार रुपैयाँ लिएको अख्तियारको आरोप छ ।

    अख्तियारले साह र यादवविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको दावि गर्दै २० हजार रुपैयाँ विगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम सजाय माग दावी गरेको छ ।

    हेर्नुहोस विज्ञप्ती

    प्रेस विज्ञप्ति:- मिति २०७८।१०।१२ गते ।
    —————————————————-

    जिल्ला महोत्तरी, महोत्तरी स्वास्थ्य चौकीमा हेल्थ असिस्टेन्ट पदमा कार्यरत अजय कुमार साहले नि:शुल्क रुपमा कोभिड-१९ बिरुद्धको खोप (Johnson & Johnson) लगाई दिनु पर्नेमा सो नगरी सेवाग्राहीसँग खोप लगाउन रु.२०,०००।– घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले हेल्थ असिस्टेन्ट अजय कुमार साहको निर्देशनमा कृष्णा कुमार यादवले कोभिड-१९ बिरुद्धको खोप (Johnson & Johnson) लगाई दिई सेवाग्राहीबाट रु. २०,०००।– (बीस हजार रुपैयाँ) घुस/रिसवत रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो ।

    अनुसन्धानको सिलसिलामा महोत्तरी स्वास्थ्य चौकी, सनषुडामा कार्यरत हेल्थ असिस्टेन्ट अजय कुमार साहले सेवाग्राहीसँग खोप लगाईदिनका निम्ति घुस/रिसवत माग गरेको र निजले भनेबमोजिम नै कृष्णा कुमार यादवले सेवाग्राहीबाट रु.२०,०००।– घुस रिसवत लिएको पुष्टि हुन आएकोले निज हेल्थ असिस्टेन्ट अजय कुमार साहले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको हुँदा निज अजय कुमार साहलाई बिगो रू.२०,०००।-(बीस हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम सजाय हुन मागदावी लिने साथै कृष्णा कुमार यादवले घुस/रिसवतबापत रु.२०,०००।–(बीस हजार) अजय कुमार साहको निमित्त लिएको तथ्य समेतको आधारमा निज कृष्णा कुमार यादवको पनि घुस/रिसवत लिनेदिने कार्यमा प्रत्यक्ष संलग्नता रहेको देखिन आएको हुँदा निज कृष्णा कुमार यादवले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र ऐ.ऐ. दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिमको कसुरमा मतियार भई कार्य गरेकोले निजलाई बिगो रू.२०,०००।–(बीस हजार) कायम गरी ऐ.ऐ. दफा २२ को प्रतिवन्धात्मक वाक्यांश बमोजिम मुख्य कसुरदार सरह नै सजाय हुन मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम आज बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।

    सहायक प्रवक्ता
    वेदप्रसाद भण्डारी

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय
  • ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा
  • नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह
  • के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बेलायतको श्रम बजारमा मन्दीको संकेत: तलब वृद्धिमा गिरावट, बेरोजगारी दरमा वृद्धि

    📱 CMF Phone 1 Price in Nepal

    मुख्यमन्त्री सिंहद्वारा सामुदायिक विद्यालयमा अनुगमन

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    आजको राशिफल

    डिजिटल मिडियालाई कारबाही गर्ने काउन्सिलको निर्णय सदर

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    News

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    News

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    News

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    News

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑