वीरगंज । नेपालको पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण आगामी चैतबाट सुरु हुने भएको छ ।
आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम)ले बुधबार विज्ञप्ति जारी गर्दै तीन नयाँ टोली थप्दै चैत २६ देखि एनएसएलको दोस्रो संस्करण आयोजना गर्ने जनाएको हो । प्रतियोगिता २०७९ जेठ ७ गतेसम्म आयोजना गरिने छ ।
आयोजकले दोस्रो संस्करणमा यसअघिका ७ टोलीमा ३ टोली थप्दै १० टिमलाई खेलाउने जनाएको छ । पहिलो संस्करणमा ७ टोलीले प्रतिस्पर्धा गरेका थिए । यस्तै दोस्रो संस्करणको प्रतियोगिताका खेलहरु दुई शहरमा आयोजना हुने आयोजकले जनाएको छ । यसअघि काठमाडौंमा मात्र भएको प्रतियोगिता अब प्रतियोगिताका खेलहरू पोखरा र काठमाडौंमा हुनेछ ।
आयोजकका अनुसार प्रतियोगिता पोखरामा सुरु हुने र त्यसपछिका खेलहरू काठमाडौंमा हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना भएको पहिलो संस्करणको उपाधि विकेश कुथुको कप्तानीमा रहेको काठमाडौं रेजर्सले जितेको थियो । नयाँ थपिने ३ टिमको लागि आयोजकले फेब्रुअरीमा अक्सन आव्हान गर्ने जनाएको छ ।