वीरगंज । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईलाई कोरोना संक्रमण भएको छ ।
बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफूलाई दोस्रोपटक कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।
डा. भट्टराईले आफूनिकट सम्पर्कमा आएकाहरुलाई सतर्कता अपनाउन पनि आग्रह गरेका छन् । उनले भनेका छन्, ‘सतर्कता अपनाउॅदा अपनाउॅदै पनि मलाई दोश्रो पटक कोरोनाको संक्रमण भएको छ ! केही समय यता निकट सम्पर्कमा आउनुभएकाहरू सतर्क रहनुहोला ! लक्षण सामान्य छ ! केही दिन आइसोलेसनमा रहनेछु ! असुविधाकोनिम्ति क्षमा चाहन्छु।’