वीरगंज । जनमत पार्टीका कार्यकर्ताहरुले मधेस प्रदेशका सांसदहरुको गाडीमा पनि तोडफोड गरेका छन् । राष्ट्रियसभा निर्वाचनमा मतदान गर्न आएका प्रदेश सांसदको गाडीमा जानकी मन्दिर नजिक तोडफोड भएको हो ।
मतदान गर्न आउँदै गरेका जसपा मधेश प्रदेशका सांसद अशोक यादवको गाडीमा जनमतका कार्यकर्ताहरुले तोडफोड गदाए सांसद यादव समान्य घाइते भएका छन् । उनले १५–२० जनाको समुहमा जनमतका कार्यकर्ताहरुले उनको गाडीमा प्रहार गरेको बताए । गाडीको झयाल र अगाडीको सिसा फुटेको छ ।
यस अघि रामचौकमा जनमतका कार्यकर्ताहरुले सर्लाहीको हरिवन नगरपालिकाका प्रमुख र उपप्रमुख सवार गाडीमा तोडफोड गरेका थिए । मधेस प्रदेशमा दुई राष्ट्रियसभा सदस्य पदका लागि मतदान हुँदैछ ।