वीरगंज । आज (बुधबार) जनकपुरधाममा सुरु भएको राष्ट्रिय सभा निर्वाचनको क्रममा “पहिलो मल, खाद, त्यसपछि मात्र भोँट” नारा सहित किसानहरुले जनकपुरमा माहौल तताएको छ ।
राष्ट्रिय सभाको निर्वाचन हुने भएपछि जनमत पार्टी र किसान सँघर्ष समितिहरुले आजैका दिन आन्दोनलको घोषणा गरी अहिले जनकपुरमा लाठी भाटा सहित प्रदर्शन गरिरहेको छ ।
जनकपुरधामको विभिन्न चोकमा जनमत पार्टीका कार्यकर्ता सहित विभिन्न गाउँहरुबाट आएको किसानहरुले नारावाजी सहित प्रदर्शन सुरु गरेको छ । उनीहरुले माग पुरा गराउन आन्दोलन गरेको बताएका छन् ।
सोही क्रममा मधेश प्रदेशका मुख्यमन्त्री मो. लालबाबु राउतलाई ज्ञापन पत्र बुझाउनको लागि प्रयास गरेको जनाउँदै ज्ञापन पत्र बुझन् आनकानी गरे जहाँ देखिए त्यही ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको छ ।
किसानहरुले विगत एक महिनादेखि सहज रुपमा मल, खादको व्यवस्था, किसानको परिचय पत्र, किसानलाई सिँचाईमा विजुली निःशुल्क गर्नुपर्ने लगायतका मागहरु उठाएर निरन्तर आन्दोलनरत छन् ।