• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    आफ्नै भवन बनाउन जग्गा खोज्दै मधेस सरकार

  • वीरगंज संजाल
  • ११ माघ २०७८, मंगलवार २०:३८
  • ३४४१

    वीरगंज । यही माघ ३ गते प्रदेश सभाको दुईतिहाइभन्दा बढी मतबाट राजधानी (जनकपुरधाम) र प्रदेशको नाम (मधेस) पारित भएपछि मधेस प्रदेश सरकारले पहिलो चरणमा जग्गा खोज्न थालेको हो।

    स्थायी राजधानी टुंगो नलाग्दा स्थापनाकाल (चार वर्ष) देखि मधेस सरकार आफ्नै भवनलगायत आफ्ना कुनै संरचना बनाउन सकेकाे छैन। प्रदेश सरकार सुरुदेखि नै जनकपुर चुरोट कारखाना लिमिटेडको परिसरमा रहेको भवन मर्मतसम्भार गरी आफ्ना काम/कारबाही सञ्चालन गरिरहेको छ। प्रदेश सरकार, प्रदेश प्रमुखको कार्यालय, सरकारकोआवास समेत रहेको जनकपुर चुरोट कारखाना परिसरको भवनलाई प्रदेश सरकारले नै ‘मधेस भवन’ नामकरण गरेको छ। केही अस्थायी संरचना पनि प्रदेश सरकारले मधेस भवनभित्रै बनाएको छ। तर सो जग्गा प्रदेश सरकारको नाममा आइसकेको छैन।

    प्रदेशसभा सचिवालय पनि जनकपुरधामको शैक्षिक तालिम केन्द्रमा छ। सो भवन पनि प्रदेशसभा सचिवालयले आधिकारिक रूपमा प्राप्त गर्न सकेको छैन।

    स्थायी राजधानी कायम नहुँदासम्म प्रदेश सरकारले स्थायी संरचना बनाउन नसक्ने कानुनी जटिलता छ। त्यसकारण प्रदेश सरकार पुरानै भवन मर्मतसम्भार गरी बस्न बाध्य भएको हो। आफ्नै भवन अभावमा प्रदेश सरकार मातहतका थुप्रै कार्यालय भाडाका घरमा राखिएका छन्। चार वर्षपश्चात् बल्ल स्थायी राजधानी र प्रदेशको नाम कायम भएपछि आफ्नै स्थायी भवन बनाउन मधेस प्रदेश सरकारलाई बाटो खुलेको हो।

    माघ ३ यता प्रदेश सरकारले ३ ठाउँमा जग्गा हेरिसकेको प्रदेश सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री शैलेन्द्र साहले जानकारी दिए। उपयुक्त स्थानमा कम्तीमा ३÷४ बिघा गुठी, ऐलानी वा सार्वजनिक जग्गा खोजीमा प्रदेश सरकार लागेको छ। सो क्रममा जनकपुरधामको प्रदेशसभा भवन अगाडि पोखरीछेउमै रहेको गुठीको जग्गा, कुवारामपुरमै एयरपोर्टभन्दा दक्षिण ७ बिघा जग्गा र मिथिला नगरपालिकाको ढल्केवर नजिक ५० विगाह सार्वजनिक जग्गा हेरेको मन्त्री साहले बताए।

    ‘हेरिएको जग्गा सम्भावित छ। राजधानी सीमाभित्रै अझै जग्गा हेर्न क्रम जारी छ’, उनले भने।

    जनकपुरधाम राजधानी सीमाभित्र पर्नेगरी जग्गाको खोजी जारी राखिएको हो। जनकपुरधाम राजधानीअन्तर्गत उत्तरमा पूर्वपश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, पश्चिममा मिथिला मध्यमा परिक्रमा सडक र दक्षिणमा नेपाल भारत सीमा छन्।
    छनोट गरेर अध्ययन प्रतिवेदन तयार गर्न एक हप्ताभित्रै विज्ञ टोली गठन गर्ने तयारी छ।

    ‘एक हप्ताभित्रै जग्गा छनोट र प्रतिवेदनका लागि विज्ञ टोली गठन गर्ने हाम्रो तयारी छ। कुन जग्गा उपयुक्त हुन्छ। त्यसमा कहाँ प्रशासनिक भवन, कहाँ प्रदेश प्रमुखको भवन, कहाँ प्रदेशसभा भवन, कहाँ आवासलगायतको संरचना निर्माण गर्ने विषयमा विज्ञ टोलीले प्रतिवेदन तयार गर्ने छ’, मन्त्री साहले भने, ‘त्यसपछि डीपीआर तयार गरिनेछ।’

    डीपीआर तयारपछि अगामी आर्थिक वर्षमा सो कामको लागि बजेट विनियोजन गर्ने सरकारको तयारी छ।

    यसअघि नै प्रदेश सरकारले आर्थिक वर्ष २०७६/०७७ मा आफ्नो प्रशासनिक भवन खडा गर्न जग्गा खरिदका लागि २५ करोड रुपैयाँ विनियोजन गरेको थियो। तर, स्थायी राजधानी टुंगो नलाग्दा बन्न सकेन। आर्थिक वर्ष २०७८/०७९ मा पनि प्रदेश सरकारले भवन निर्माण तथा जग्गा खरिदका लागि ४ करोड रुपैयाँ विनियोजन गरेको छ।

    संरचना अभावमा प्रदेशस्तरीय अधिकतर निकाय स्थापना हुन सकेका छैनन्। जसले गर्दा एकातर्फ जनतालाई प्रदेश सरकारले प्रत्यक्ष रूपमा सेवा प्रवाह गर्न सकिरहेको छैन भने अर्कातर्फ जनताले प्रदेश सरकारबाट सेवा सुविधाको अनुभूति गर्न सकेका छैनन्।

    आफ्नै स्थायी संरचना बनेपछि हालको मधेस भवनलाई के गर्ने विषयमा प्रदेश सरकार निर्णयले गर्ने मन्त्री साहले बताए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑