• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सात वटै प्रदेशको यस्तो छ मतभार

  • वीरगंज संजाल
  • ११ माघ २०७८, मंगलवार १६:११
  • २७२५

    वीरगंज । माघ १२ गते बुधबार हुने राष्ट्रियसभा निर्वाचनको मौन अवधि सुरु भइसकेको छ । राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ पाँच दलीय गठबन्धनले साझा उम्मेदवार बनाएको छ भने प्रतिपक्षी एमालेले मधेश प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टीसँग तालमेल गरेको छ ।

    राष्ट्रियसभा निर्वाचनमा प्रदेश सांसद र स्थानीय तहका प्रमुख÷उपप्रमुख मतदाता रहेको निर्वाचक मण्डलबाट मतदान हुने संवैधानिक व्यवस्था छ । राष्ट्रियसभा निर्वाचन ऐनअनुसार प्रदेश सांसदको मतभर ४८ छ भने स्थानीय तहका पदाधिकारीको १८ मात्रै छ ।

    सातै प्रदेशमा गरी १९ पदका लागि हुने चुनावमा ४३ जना उम्मेदवार रहेका छन् । दलहरुसँग स्थानीय तह र प्रदेशसभामा भएको मतभारका आधारमा मूल्यांकन गर्दा सातै प्रदेशमा पाँच दलीय गठबन्धनका तर्फबाट उम्मेद्वार बनेकाहरुले जित्ने निश्चित जस्तै देखिन्छ ।

    तर प्रदेश १ मा गठबन्धन र एमालेको मतभारमा थोरै मात्र फरक रहेकाले एमाले क्लिन स्वीप हुनबाट जोगिन्छ कि भन्ने आशामा छ । तर उसले राप्रपासँग गठबन्धन गर्दा केही सहज हुने भए पनि सोमबार दिउँसोसम्म सहकार्य गर्ने निर्णय सार्वजनिक भएको छैन ।

    प्रदेशबाट निर्वाचित हुने १९ सिटमा कांग्रेसले ६, माओवादी र समाजवादीले पाँच/पाँच, जसपालाई दुुई र जनमोर्चाले एक सिटका लागि उम्मेदवारी दिएको छ । एमालेले १९ वटै पदमा उम्मेद्वारी दिएको छ ।

    यस्तो छ प्रदेशहरुको अंक गणित

    प्रदेश १
    राष्ट्रियसभा निर्वाचनमा प्रतिस्पर्धात्मक अवस्था भनेकै प्रदेश १ मा देखिएको छ । यस प्रदेशमा पाँच दलीय गठबन्धनसँग ४६६८ मतभार छ । ५० जना प्रदेशसभा सांसद र १२६ पालिकाका प्रमुख र उपप्रमुख गठबन्धनमा आवद्ध दलका छन् ।
    त्यस्तै एमालेसँग ४१ प्रदेश सांसद र १४२ प्रमुख र उपप्रमुखसहित ४५२४ मतभार छ । यस हिसाबले सत्ता गठबन्धन १२६ मतभारले मात्रै अघि देखिन्छ । यदि १ प्रदेश सांसद र चार पालिका पदाधिकारीसहित १२० मतभार रहेको राप्रपासँग एमालेले तालमेल ग¥यो भने पनि उसलाई अझै ६ मतको कमी देखिन्छ ।
    तथापि गोप्य मतदान हुने हुँदा सत्ता गठबन्धनमा आबद्ध केही मात्रै सांसद वा पालिका पदाधिकारीको मत तान्न सकेको अवस्थामा एमालेले जित्न सक्ने देखिन्छ ।
    प्रदेश १ मा गठबन्धनतर्फ झापाबाट नेपाली कांग्रेसका गोपाल बस्नेत, महिलातर्फ भोजपुरबाट नेकपा एकीकृत समाजवादीकी जयन्ती राई र जनता समाजवादी पार्टीतर्फबाट अपांगता भएका वा अल्पसंख्यकमा हेमराज थुलुङ राईले उम्मेदवारी दिएका छन् ।
    एमालेका तर्फबाट मोरङबाट गुरु बराल, महिलातर्फ सुमित्रा भण्डारी र अपाङ्ता एवं अल्पसंख्यकमा सोनाम ग्यालञ्जेन शेर्पा उम्मेद्वार छन् ।

    मधेश प्रदेश
    राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धन मधेश प्रदेशमा भारी मतका साथ अघि देखिन्छ । सत्ता गठबन्धनसँग मतभार ७१९४ छ । गठबन्धनसँग प्रदेश सांसद ८९ र पालिकाका पदाधिकारी १८९ जना छन् ।
    एमालेसँग प्रदेश सांसद ८ र पालिका तहमा पदाधिकारी ३१ जना भइ मतभार ९४२ मात्रै छ । चुनावी तालमेल गरेको लोसपाको प्रदेशभामा १६ जना सांसद र स्थानीय तहमा ४४ पदाधिकारी गरी १५६० मतभर देखिन्छ ।
    एमाले र लोसपाबीचको चुनावी तालमेलबाट जम्मा मतभार २५०२ हुन्छ । जुन पाँच दलीय सत्ता गठबन्धनसँग भएको भन्दा ४६९२ ले कम हो । एमालेका उम्मेदवार उसमान अंसारी (सूर्य छाप) र महिलातर्फ लोसपाका उम्मेदवार रुपाकुमारी यादव (साईकल छाप) लाई मतदान गर्ने सहमति भएको छ ।
    गठबन्धनबाट मधेश प्रदेशमा महिलातर्फ गठबन्धनबाट माओवादी केन्द्रकी उर्मिला अर्याल र अन्यतर्फ गठबन्धनबाट जसपाका मोहमद खालिद उम्मेद्वार छन् ।

    बागमती प्रदेश
    बागमती प्रदेशमा पनि पाँच दलीग सत्ता गठबन्धन सहजै जित्ने अवस्थामा छ । यो प्रदेशमा सत्ता गठबन्धनसँग ४८९० मतभार छ भने एमालेसँग ४१५२ छ । गठबन्धनमा आबद्ध दलहरुसँग प्रदेशसभामा ५८ जना सांसद छन् भने पालिका तहमा ११७ जना पदाधिकारी छन् ।
    त्यस्तै एमालेको प्रदेशसभामा ४३ जना सांसद छन् भने स्थानीय तहमा ११६ जना प्रमुख र उपप्रमुख छन् ।
    यहाँबाट महिलातर्फ गठबन्धनबाट समाजवादीकी गोमादेवी तिमिल्सिना र अन्यतर्फ गठबन्धनबाट कांग्रेसका कृष्णप्रसाद पौडेल उम्मेदवार बनाएको छ । एमाले महिलामा निरकुमारी कुँवर र अन्यमा गोपाल शाक्यलाई उम्मेदवार बनएको छ ।
    यस प्रदेशमा नेमकिपाले गीता काफ्ले र कृष्णबहादुर तामाङलाई पनि चुनावी मैदानमा उतारेको छ ।

    गण्डकी प्रदेश
    गण्डकी प्रदेशमा पनि सत्ता गठबन्धन बलियो देखिन्छ । उसँग ३०८४ मतभार छ भने एमालेसँग २५३८ छ । यो प्रदेशमा गठबन्धनमा रहेको नेकपा एस सबैभन्दा कमजोर देखिन्छ । एससँग एक जना मात्रै स्थानीय तहका पदाधिकारी रहेका छन् ।
    गठबन्धसँग यहाँ २९ जना प्रदेश सांसद र ९४ जना प्रमुख र उपप्रमुख रहेका छन् । यस प्रदेशबाट महिलातर्फ गठबन्धनको उम्मेद्वार कांग्रेसकी कमला पन्त छिन् । दलिततर्फ गठबन्धनबाट माओवादी केन्द्रका भुवन सुनार र एमालेबाट अर्जुनकुमार सुनाम प्रतिस्पर्धामा छन् ।
    त्यस्तै अन्यतर्फ गठबन्धनबाट माओवादीका सुरेश आले मगर र एमालेबाट पूण्यप्रसाद पौड्यालले उम्मेदवारी दिएका छन् । एमालेकी लिला पोखरेल महितातर्फकी उम्मेदवारी छिन् ।

    लुम्बिनी प्रदेश
    एमाले फुटको असर लुम्बिनी प्रदेशमा खासै नपरे पनि यहाँ समेत सत्ता गठबन्धन नै अगाडि छ । लुम्बिनीमा एमालेको मतभार ३२३४ छ भने गठबन्धनसँग ४३१४ रहेको छ ।
    यस प्रदेशबाट महिलातर्फ गठबन्धको उम्मेद्वारको रुपमा एकीकृत समाजवादीका राजेन्द्रलक्ष्मी गैरे र एमालेबाट भारती उपाध्याय खनाल छन् । त्यस्तै दलिततर्फ गठबन्धनबाट राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्मा र एमालेबाट कृष्ण सुनार प्रतिस्पर्धामा छन् ।
    अन्य कोटामा गठबन्धनबाट कांग्रेसका युवराज शर्मा र एमालेका रामदयाल गुप्ताले उम्मेदवारी दर्ता गराएका छन् ।

    कर्णाली प्रदेश
    कर्णाली प्रदेशमा सत्ता गठबन्धन एमालेको तुलनामा दोब्बर बढी मतभार छ । यहाँ एमालेसँग १४३४ मतभार छ भने गठबन्धनसँग २८९८ मत छ । गठबन्धनका उम्मेद्वारले जित्ने सुनिश्चित देखिएको यो प्रदेशमा महिलातर्फ गठबन्धनको उम्मेद्वारका रुपमा कांग्रेसकी दुर्गा गुरुङ र एमालेकी गंगा थापा महत प्रतिस्पर्धामा छन् ।
    त्यस्तै अपाङ्गता वा अल्पसंख्यकतर्फ गठबन्धनबाट माओवादीका नरबहादुर विष्ट र एमालेका पदमबहादुर माझी उम्मेद्वार बनेका छन् । अन्यकोटामा गठबन्धनबाट एकीकृत समाजवादीका उदयबहादुर बोहोरा र एमालेका चुडामणि शर्माबीच प्रतिस्पर्धा हुँदैछ ।

    सुदुरपश्चिम प्रदेश
    यो प्रदेशमा पनि सत्ता गठबन्धन एमालेभन्दा दोब्बर मतान्तरले अघि छ । यहाँ गठबन्धनको मतभार ३७९२ देखिन्छ भने एमालेसँग १७८८ छ । यहाँ महिला, दलित र अन्य कोटामा प्रतिस्पर्धा हुँदैछ ।
    जसमा महिलातर्फ गठबन्धनले एकीकृत समाजवादीकी मदनकुमारी शाह (गरिमा)लाई उम्मेद्वार बनाएको छ भने एमालेले सन्तोषकुमारी शर्मालाई अघि सारको छ ।

    दलित कोटामा गठबन्धनबाट माओवादी केन्द्का जगतबहादुर सार्की र एमालेका नरेशकुमार विश्वकर्माबीच प्रतिस्पर्धा हुँदैछ भने अन्यतर्फ कांग्रेसका नारायण दत्त मिश्र र एमालेका डिल्लीराज भट्ट उम्मेदवार भएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड
  • सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली
  • कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे
  • चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अहिलेको सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरूको पक्षधर हो : प्रभु साह

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिलाई मेसिनसहित प्रमाणपत्र वितरण गर्दै अध्यक्ष यादवद्वारा महिला सशक्तिकरणमा जोड

    News

    सर्लाहीमा बाटो विस्तारको विषयमा विवाद, प्रहरीले चलायो गोली

    News

    कारागारबाट रविको सन्देश–रास्वपाको उदयबाट अत्तालिएकाले मलाई सिध्याउन भयानक षड्यन्त्र रचे

    News

    चितवन दुर्घटना : यस्तो छ मृतक र घाइतेहरूको विवरण (सूची)

    News

    अन्तर्राष्ट्रिय योग दिवसमा बीरगञ्जमा भव्य योग कार्यक्रम सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑