• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    डेढ वर्षमा नेपाल भित्रिए २ लाखभन्दा बढी अक्सिजन कन्सन्ट्रेटर, २९ हजार ५५९ भेन्टिलेटर र २३५ थान पिसिआर मेसिन

  • वीरगंज संजाल
  • १० माघ २०७८, सोमबार १५:४१
  • २८१७

    वीरगन्ज । कोरोना महामारी बढेपछि नेपालमा यसको उपचारमा आवश्यक पर्ने स्वास्थ्य सामाग्रीको आयात बढेको छ ।

    भन्सार विभागका अनुसार पछिल्लो डेढ वर्षमा नेपालमा २९ हजार ५५९ थान मेडिकल भेन्टिलेटर, २ लाख ३ हजार ३१ थान अक्सिजन कन्सन्ट्रेटर र २३५ थान पिसिआर मेसिन बिभिन्न देशबाट भित्रिएको छ ।

    चालु आर्थिक वर्ष २०७८/७९ सुरु भएपछिको पहिलो ६ महिना (साउन देखि पुससम्म) मा मात्र बिभिन्न देशबाट नेपालमा अर्बौं रुपैयाँको मेडिकल सामाग्री तथा उपकरणहरु भित्रिएको छ ।

    २०७८ साउन यता मानवको प्रयोगका लागि बिभिन्न प्रकारका २ लाख २० हजार ९४० केजी खोप नेपाल भित्रिएको विभागको तथ्याङ्कले देखाउँछ । ती खोप २० अर्ब ४६ करोड ६३ लाख ८७ हजार रुपैयाँमा आयात गरिएको हो ।

    सोही अवधिमा २२० थान पिसीआर मेसिनलाई ५ करोड ७८ लाख ६९ हजार रुपैयाँमा खरिद गरिएको छ ।

    यस्तै चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ८३ करोड २१ लाख ३२ हजार रुपैयाँमा १ लाख ६३ हजार ७४४ थान अक्सिजन कन्सन्ट्रेटर नेपाल भित्रिएका छन् । ४ करोड ६५ लाख ५३ हजार रुपैयाँमा ४ लाख ११ हजार ४७ थान अक्सिजन र भेन्टिलेटर मास्क सो अवधिमा नेपाल भित्रिएको देखिन्छ ।

    गत साउनदेखि पुस मसान्तसम्म विभिन्न देशबाट ७३ करोड ७८ लाख ३७ हजार रुपैयाँ खर्चेर ३ हजार ४२१ थान मेडिकल भेन्टिलेटर नेपाल भित्रिएको छ । सोही समयमा ८ करोड १९ लाख ३१ हजार रुपैयाँको थर्मोमिटर ल्याइएकाे छ भने ३ करोड २० लाख ९६ हजार रुपैयाँमा १ लाख ९७ हजार ४८७ थान थर्मल गन (डिजिटल इन्फ्रारेड थर्मोमिटर) ल्याइएको छ ।

    भन्सार विभागका अनुसार पछिल्लो ६ महिनामा नेपालले २ करोड २५ लाख ५१ हजार रुपैयाँमा ६ लाख १० हजार २ थान फेस शिल्ड खरिद गरेको छ ।

    नेपालले बितेको ६ महिनामा मात्र विभिन्न देशबाट ९५ करोड ५६ लाख ५ हजार रुपैयाँमा ८ करोड ४६ लाख ११ हजार १७० थान फेस मास्क खरिद गरेको छ । उक्त अवधिमा २३ करोड २२ लाख ५४ हजार रुपैयाँमा ५६ हजार २३५ केजी डाइग्नोस्टिक किट्स नेपाल भित्रिएका छ ।

    गत आर्थिक वर्ष २०७७/७८ मा नेपालमा विभिन्न देशबाट १ अर्ब ८० करोड ८९ लाख १३ हजार रुपैयाँमा ३९ हजार २८८ थान अक्सिजन कन्सन्ट्रेटर नेपाल भित्रिएको थियो । गत आर्थिक वर्ष नै १ करोड ५३ लाख २८ हजार रुपैयाँमा १५ थान पिसीआर मेसिन नेपाल ल्याइएको विभागले जनाएको छ ।

    गएको वर्ष ७६ करोड ७५ लाख ९२ हजार रुपैयाँमा २६ हजार १३८ थान मेडिकल भेन्टिलेटर नेपाल भित्रिएको विभागको तथ्याङ्कले देखाउँछ । गत वर्ष नै बिभिन्न देशबाट नेपालमा २ अर्ब ५७ करोड ६५ लाख ५१ हजार रुपैयाँको फेस मास्क भित्रिएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वैदेशिक रोजगारीसम्बन्धी मुद्दाका प्रतिवादी वीरगन्जबाट पक्राउ
  • र्साको जगरनाथपुर–५ मा नवनिर्मित वडा कार्यालय भवनको पूर्वमन्त्री रिजालले गरे उद्घाटन
  • ठोरीको बृद्धा आश्रममा उपकार सेवा नेपालको सहयोग निरन्तर
  • कलैयामापनि सञ्चालनमा आयो ब्लड बैंक, उपराष्ट्रपति यादवले गरे उद्घाटन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वैदेशिक रोजगारीसम्बन्धी मुद्दाका प्रतिवादी वीरगन्जबाट पक्राउ

    र्साको जगरनाथपुर–५ मा नवनिर्मित वडा कार्यालय भवनको पूर्वमन्त्री रिजालले गरे उद्घाटन

    ठोरीको बृद्धा आश्रममा उपकार सेवा नेपालको सहयोग निरन्तर

    कलैयामापनि सञ्चालनमा आयो ब्लड बैंक, उपराष्ट्रपति यादवले गरे उद्घाटन

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

    के विश्वभरि नै शुक्रकीटको गुणस्तर खस्किरहेको हो ?

    सुन्दर छालाका लागि पिउनुहोस् चिया

    आजको राशिफल

    वैदेशिक रोजगारीसम्बन्धी मुद्दाका प्रतिवादी वीरगन्जबाट पक्राउ

    र्साको जगरनाथपुर–५ मा नवनिर्मित वडा कार्यालय भवनको पूर्वमन्त्री रिजालले गरे उद्घाटन

    ठोरीको बृद्धा आश्रममा उपकार सेवा नेपालको सहयोग निरन्तर

    कलैयामापनि सञ्चालनमा आयो ब्लड बैंक, उपराष्ट्रपति यादवले गरे उद्घाटन

    ‘नर्मल डेलिभरी’ चाहनेले ध्यान दिनुपर्ने पाँच कुरा

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वैदेशिक रोजगारीसम्बन्धी मुद्दाका प्रतिवादी वीरगन्जबाट पक्राउ

    News

    र्साको जगरनाथपुर–५ मा नवनिर्मित वडा कार्यालय भवनको पूर्वमन्त्री रिजालले गरे उद्घाटन

    News

    ठोरीको बृद्धा आश्रममा उपकार सेवा नेपालको सहयोग निरन्तर

    News

    कलैयामापनि सञ्चालनमा आयो ब्लड बैंक, उपराष्ट्रपति यादवले गरे उद्घाटन

    News

    यी हुन् मुखको दुर्गन्ध हटाउने १० घरेलु उपाय

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑