काठमाडौ । चीन सरकारले उपलव्ध गराएको २० लाख सुई (सिरिन्ज) नेपाल आईपुगेको छ । शनिबार चिनियाँ प्रतिनिधिले नेपाली प्रतिनिधिलाई सुई हस्तान्तरण गरेका हुन् ।
नेपालस्थित चिनियाँ दुतावासले सुई हस्तान्तरण गरेको जनाएको छ ।
दुतावासले कोरोना भाइसको महामारीविरुद्धको लडाईंमा नेपाललाई साथ दिन सधैं प्रतिबद्ध रहेको समेत बताएको छ ।
कोभिडविरुद्धको अभियानमा खोप सहित विभिन्न स्वास्थ्य सामग्री उपलव्ध गराएको चीनले पछिल्लो पटक सुई उपलव्ध गराएको हो । यो सुई ०.५ एमएलको नर्मल साइजको हो ।
कोभिडविरुद्धको खोप लगाउनका लागि यो सुई प्रयोग गर्ने नेपाली अधिकारीहरुले बताएका छन् ।