बिरगंज । नेपाल नर्सिङ काउन्सिलले साढे सात वर्ष अघि जारी भएको एक जना महिलाको नर्सिङ लाइसेन्स नक्कली भएको काठमाडौँ, ९ माघ । नेपाल नर्सिङ काउन्सिलले साढे सात वर्ष अघि जारी भएको एक जना महिलाको नर्सिङ लाइसेन्स नक्कली भएको पुष्टी गरेको छ ।
काउन्सिलले अर्कैको लाइसेन्स नम्बर आफ्नो बनाई दुरुपयोग गरेको भन्दै एक महिलालाई कारवाही प्रक्रिया अघि बढाईएको बताएको छ ।
भएछ के भने, शम्भुनाथ नगरपालिका ६ सप्तरीकी रञ्जुकुमारी चौधरीले ६ जुलाई २०१४ मा जारी भएको नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) पुन: नाम दर्ता अर्थात नविकरणका लागि भन्दै काउन्सिलमा पेश गरेकी थिईन । उनको लाईसेन्स नम्बर २६४६८ थियो ।
आवश्यक कागजात सहित काउन्सिलमा आएको निवेदन जव नविकरण प्रक्रियामा अघि बढ्यो तव थाहा भयो त्यो नम्बर त पहिले नै अर्कैको नाममा गइसकेको छ ।
काउन्सिल रजिष्ट्रार विन्दा घिमिरेले आइतबार जारी गरेको सूचना अनुसार रञ्जुकुमारी चौधरीले ६ जुलाई २०१४ मा लिएको लाइसेन्स नम्बर २६४६८ त त्यसभन्दा अघि नै अर्थात १० मार्च २०१४ मा अर्कैको नाममा जारी भइसकेको उल्लेख छ ।
पेश गरेको प्रमाणपत्र र दस्तखत पनि काउन्सिलको रेकर्डमा भएको भन्दा फरक देखिएपछि काउन्सिलले रञ्जु दर्तावाल नर्स नभएको अर्थात नक्कली नर्स भएको भन्दै सूचना जारी गरेको छ ।
त्यसो त काउन्सिलको गत २८ पुसमा बसेको बोर्ड बैठकले नक्कली नर्स रञ्जुमाथि आवश्यक कानूनी कारवाही अघि बढाउने निर्णय गरेको छ ।