• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    तनहुँका ५४ स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना संक्रमण पुष्टि

  • वीरगंज संजाल
  • ९ माघ २०७८, आईतवार १०:४१
  • १४९७

    बिरगंज / तनहुँका ५४ स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ। जिल्लाका विभिन्न कार्यालयमा कार्यरत उनीहरुलाई कोरोना पुष्टि भएको हो।

    भिमाद नगरपालिका–६ स्थित भिमाद प्राथमिक स्वास्थ्य चौकीका १७ जनालाई सङ्क्रमण पुष्टि भएको छ। तीन चिकित्सक सहित अधिकांशलाई कोरोना पुष्टि भएपछि स्वास्थ्य चौकीको सेवा बन्द गरिएको केन्द्रका निमित्त प्रमुख चिकित्सक सागर घिमिरेले जानकारी दिए। स्वास्थ्य शाखाले एक जनालाई काजमा खटाएर स्वास्थ्य चौकीबाट एन्टिजेन परीक्षण नियमित भइरहेको छ। यस्तै सुत्केरी सेवा पनि नियमित सञ्चालन गरिएको छ।
    नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत चारमध्ये तीन जनालाई पनि कोरोना पुष्टि भएको छ। सङ्क्रमण पुष्टि भएकाहरुलाई ज्वरो आउने, टाउको भारी हुने, खोकी लाग्ने, जीउ दुख्ने, नाकबाट लगातार सिँगान बगिरहने र घाँटी खसखस हुने जस्ता लक्षण देखिएका छन्। शुक्लागण्डकी नगरपालिकाको कार्यालयमा कार्यरत १४ कर्मचारीलाई पनि कोरोना पुष्टि भएको छ। सङ्क्रमण बढ्दै गएपछि नगरपालिकाको कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको छ। शुक्रबारदेखि अर्को निर्णय नभएसम्मका लागि सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत लिलावल्लभ न्यौपानेले जानकारी दिए।

    शुक्लागण्डकी–४ दुलेगौडा बजारमा रहेको खैरेनीटार स्वास्थ्यचौकीमा कार्यरत छ जना स्वास्थ्यकर्मी पनि कोरोना सङ्क्रमित भएका छन्। सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्कमा रहेर काम गर्ने भएकाले कर्मचारी र स्वास्थ्यकर्मी बढी सङ्क्रमित भइरहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले बताए। समुदायस्तरमै कोरोना फैलिरहेको उनले अनुमान गरे। ‘अझै पनि स्वास्थ्यको मापदण्ड पालना गरिएको छैन, बजारमा मास्क नलगाइकन हिँडडुल गरेको देखिन्छ,’ श्रीवास्तवले भने, ‘सबै एकजुट नहुने हो भने कोरोना नियन्त्रणमा कठिनाई हुन्छ।’

    आँबुखैरेनी गाउँपालिकाका १४ कर्मचारी र स्वास्थ्यकर्मीलाई सङ्क्रमण पुष्टि भएको छ। कर्मचारी र स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण भएपछि गाउँपालिकाको कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ। समुदायस्तरमा परीक्षणको दायरा बढाउने हो भने अधिक सङ्क्रमित भेटिने स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले जानकारी दिए।

    स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार जिल्लामा ४२ स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएको छ। हाल जिल्लामा तीन सय ८९ सक्रिय सङ्क्रमित छन्। गत वैशाखयता जिल्लामा पाँच हजार ७१२ जनालाई कोरोना पुष्टि भएको छ। पाँच हजार २५१ निको भए। वैशाखयता मात्रै एक ३० जनाले ज्यान गुमाएको स्वास्थ्य कार्यालयले जनाएको छ। रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑