• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जिल्ला प्रशासन कार्यालय, पर्साबाट जारी आदेश

  • वीरगंज संजाल
  • ५ माघ २०७८, बुधबार १५:५६
  • २०३५७

    वीरगन्ज । जिल्ला प्रशासन कार्यालय, पर्साबाट जारी आदेश विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड-१९ को नयाँ भेरियण्ट ओमिक्रोनसहितको सङ्क्रमण नेपालमा समेत बढ्दै गएको सन्दर्भमा सोको रोकथाम, नियन्त्रण, निदान र उपचारलाई थप प्रभावकारी बनाउन नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७८-०९-३० गतेको निर्णयबाट जारी आदेश, सङ्क्रामक रोग
    ऐन, २०२० को दफा २, स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग
    गरी र जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको मिति २०७८-१०-०५ गते बसेको बैठकको सिफारिसको
    आधारमा यस जिल्लामा मिति २०७८-१०-०५ गते राती १२:०० बजे देखि अर्को सूचना नभएसम्म लागू हुने
    देहाय बमोजिमको आदेश जारी गरिएको छ ।
    १. सबै प्रकारका आमसभा, जुलुस, सभा, भेला वा धेरै मानिस भेला हुने क्रियाकलाप संवत २०७८ साल
    माघ मसान्तसम्म सञ्चालन नगर्ने ।
    २. गोष्ठी, सेमिनार, समीक्षा, बैठक जस्ता क्रियाकलापहरु सञ्चालन गर्दा भर्चुअल माध्यमबाट गर्ने ।
    भौतिक रुपमा उपस्थित भई गर्नुपर्ने भएमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी बढीमा पच्चीस
    जना मात्र सहभागी रहने गरी सञ्चालन गर्ने । साथै त्यस्ता क्रियाकलाप सञ्चालन गर्दा संवत २०७८
    साल माघ ७ गते पश्चात त्यस्तो कार्यक्रममा खोपको पूरा मात्रा लगाएका व्यक्तिहरु मात्र उपस्थित
    हुने गरी गर्ने व्यवस्था मिलाउने ।
    ३. सिनेमा हल, क्लब, हेल्थ क्लब, जिम खाना, स्विमिङ पुल, पटके हाटबजार र मानिसहरुको भिडभाड
    हुने अन्य सबै प्रकारका कार्यक्रम संवत २०७८ साल माघ मसान्तसम्म सञ्चालन नगर्ने नगराउने ।
    ४. विद्यालय, विश्वविद्यालय, कलेज, ट्यूशन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप
    सञ्चालन गर्दा संवत २०७४ माघ १५ गतेसम्म भौतिक रुपमा उपस्थितिमा सञ्चालन नगर्ने । त्यस्ता
    शैक्षिक क्रियाकलाप भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधिहरु अपनाई सञ्चालन गर्ने । शैक्षिक
    संस्थाहरुको संचालन र स्थानीय हाट बजार लगाउने सम्बन्धमा सम्बन्धित स्थानीय तहले संक्रमणको
    अवस्था विचार गरी आफ्नो क्षेत्रको लागि आवश्यक निर्णय गर्न सक्नेछन ।
    ५. विद्यालय, कलेजका पूर्व निर्धारित परीक्षा, जनशक्ति भर्नाका परीक्षा, बैदेशिक रोजगारी, अध्ययनका
    लागि सञ्चालन गरिने विदेशी भाषाका परीक्षा तथा चिकित्सा शिक्षाका सबै किसिमका प्रयोगात्मक
    कक्षा जनस्वास्थ्यका मापदण्ड पालना गरि सञ्चालन गर्ने ।६. मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायतका धार्मिक स्थलमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने
    गरी संवत २०७८ साल माघ मसान्तसम्म नित्य पूजा, ध्यान र प्रार्थना मात्र गर्ने गराउने । ७. सपिङ मल, डिपार्टमेण्ट स्टोर, सुपर मार्केट वा अन्य प्रकारका पसल एक पटकमा पच्चीस जना भन्दा
    बढी हुन नहुने, कुनै पनि सामान अनावश्यक रुपमा नछुने, दुई व्यक्तिको बीचमा कम्तीमा दुई मिटर
    दुरी कायम गर्ने, मास्क अनिवार्य गर्ने, पटक-पटक साबुन पानीले हात धुने वा सेनिटाइज गर्ने गरी
    सञ्चालन गर्ने । जनस्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्ने गराउने दायित्व सम्बन्धित व्यवस्थापक
    वा सञ्चालकको हुने ।
    ८. यहि माघ ७ गते देखि जिल्ला भित्रका सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न खोप कार्ड
    (मोबाईलमा फोटो भएपनि हुने) अनिवार्य गर्ने ।
    ९. पार्टी प्यालेसमा एक पटकमा कुल क्षमताको बढीमा एक-तिहाईमा नबढ्ने गरी बढीमा पचास जना मात्र
    उपस्थित रहने तथा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी प्रमुख जिल्ला अधिकारीबाट पूर्व
    स्वीकृति लिई विवाह, ब्रतबन्ध, न्वारन तथा पास्नी जस्ता धार्मिक, सांस्कृतिक, सामाजिक वा अन्य
    कार्यक्रम सञ्चालन गर्ने गराउने ।
    १०. धार्मिक वा सांस्कृतिक जात्रा, पर्व, विवाह, न्वारान, पास्नी, ब्रतबन्ध, धार्मिक अनुष्ठान, मृत्यु संस्कार
    लगायतका अत्यावश्यक परम्परागत धार्मिक तथा सांस्कृतिक क्रियाकलापहरु सञ्चालन गर्दा पचास
    जना भन्दा बढी नहुने र जनस्वास्थ्यका मापदण्डको पालना हुने गरी मात्र सञ्चालन गर्ने ।
    ११. रङ्गशालामा दर्शकसहितको खेलकुद कार्यक्रम गर्दा एक पटकमा कुल क्षमताको एक-तिहाई मात्र
    उपस्थित रहने गरी जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी सञ्चालन गर्ने । उपस्थित दर्शकहरु
    मध्ये आयोजकको खर्चमा एक-तिहाई दर्शकलाई रेन्डम छनोटको आधारमा एन्टिजेन परीक्षण गर्ने
    व्यवस्था मिलाउने । संवत २०७८ साल माघ ७ गते पश्चात त्यस्तो खेलकुद कार्यक्रममा खोपको मात्रा
    पूरा गरेका व्यक्तिहरुलाई मात्र खोप-कार्डको आधारमा रङ्गशालामा प्रवेश गर्न दिने ।
    १२. माथि उल्लेख भए बाहेकका एक पटकमा पच्चीस जना भन्दा बढी जम्मा हुने क्रियाकलाप सञ्चालन
    गर्नु परेमा प्रमुख जिल्ला अधिकारीको पूर्व स्वीकृतिमा जनस्वास्थ्यका मापदण्ड लगायत तोकिएको
    मापदण्ड पालना गर्ने गरी प्रमुख जिल्ला अधिकारीको स्वीकृति लिएर मात्र सञ्चालन गर्ने ।
    १३. ईनर्वा सिमानाकाबाट आउने यात्रुको नाकामा स्थापित हेल्थ डेस्कमा स्वास्थ्य चेकजाँच र
    एन्टिजेन परीक्षण गर्ने गराउने । परीक्षणको नतिजा नेगेटिभ आएमा गन्तव्यमा जान
    सहजीकरण गर्ने । नतिजा पोजिटिभ आएका र बिरामीलाई आवश्यकता अनुसार आईसोलेसन
    केन्द्र र अस्पतालमा उपचारको व्यवस्था मिलाउने । यस कार्यलाई थप प्रभावकारी बनाउने ।
    नाकाबाट आउने यात्रुको अभिलेख व्यवस्थित गर्ने । आवागमनमा थप कडाई गर्ने । इनर्वा
    सीमा नाका बाहेक अन्य नाकाहरुमा सम्बन्धित स्थानीय तहहरुले हेल्थ डेस्क संचालन गर्ने
    गराउने ।
    १४. सार्वजनिक यातायात सञ्चालन सम्बन्धमा देहायबमोजिम गर्ने :
    क. सिट क्षमता भन्दा बढी यात्रु नराख्ने,
    ख. सबै यात्रुलाई मास्क अनिवार्य गर्ने,
    ग. सवारी साधनको ढोकामा र सवारी साधनभित्र सेनिटाइजरको व्यवस्था गर्नु पर्ने,घ. चालक तथा सहचालकले मास्क र फेस-सिल्ड लगाउनु पर्ने,
    ङ. सवारी साधनलाई दैनिक रुपमा निसङ्क्रमित गर्नु पर्ने,
    च. सार्वजनिक यातायातमा कुनै यात्रुले मास्क नलगाई आएमा चालक वा सहचालकले बढीमा पाँच
    रुपैयाँ लिई मास्क उपलब्ध गराउनु पर्ने,
    छ. मास्क नलगाउने व्यक्तिलाई सवारी साधनमा प्रवेश गर्न नदिने,
    ज. लामो दूरीमा चल्ने सार्वजनिक यातायातमा बीचबाटोमा थप यात्रु नचढाउने गरी सुरु गन्तब्य देखि
    अन्तिम गन्तव्यसम्म यातायात सञ्चालन गर्ने र यात्रुहरुको विवरण जिल्ला प्रहरी कार्लयलय मार्फत
    जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (DCMC) लाई उपलब्ध गराउने ।
    झ. लामो दूरीमा चल्ने सार्वजनिक यातायातका यात्रुहरुलाई सम्भव भएसम्म एन्टिजेन परीक्षण गर्ने
    व्यवस्था मिलाउने ।
    १५. कार्यालय र पसल जस्ता सार्वजनिक स्थलमा सेनिटाइजर र मास्कको प्रयोग अनिवार्य गर्ने । कुनै
    व्यक्तिले मास्क नलगाई आएमा व्यवस्थापकले बढीमा पाँच रुपैयाँ लिई मास्क उपलब्ध गराउने ।
    मास्क नलगाउने व्यक्तिलाई कार्यालय तथा पसलमा प्रवेश गर्न नदिने ।
    १६. होटेल र रेष्टुरेण्टले देहाय बमोजिमका मापदण्ड पालना गरी सेवा दिने :
    क. होटेल तथा रेष्टुरेण्टका कामदारले अनिवार्य रुपमा मास्क, फेस-सिल्ड र पञ्जा लगाउने,
    ख. होटेल तथा रेष्टुरेण्टमा प्रवेश गर्ने सबै सेवाग्राहीलाई मास्क अनिवार्य गर्ने,
    ग. कुल क्षमताको आधा भन्दा बढी नहुने गरी कम्तीमा दुई मिटरको भौतिक दूरी कायम गर्नु पर्ने,
    घ. सेनिटाइजरको व्यवस्था गर्नु पर्ने,
    ङ. होटेल तथा रेष्टुरेण्टलाई नियमित रुपमा निसङ्क्रमित गर्नु पर्ने,
    च. होटेल तथा रेष्टुरेण्टमा कुनै सेवाग्राही मास्क नलगाई आएमा व्यवस्थापकले बढीमा पाँच रुपैया लिई
    मास्क उपलब्ध गराउनु पर्ने र मास्क नलगाउने व्यक्तिलाई होटेल तथा रेष्टुरेण्ट प्रवेश गर्न नदिने,
    छ. संवत् २०७८ साल माघ ७ गते पछि खोपको पूर्ण मात्रा लगाएका सेवाग्राहीलाई मात्र खोप कार्डको
    आधारमा होटेल तथा रेष्टुरेण्टमा प्रवेश गर्न दिने,
    ज. होटेलले चेक-इन गर्दाको अवस्थामा वा चेक-इन गरेको २४ घण्टा भित्र आफ्नो होटेलमा बास बस्ने
    प्रत्येक ग्राहकको एन्टिजेन परीक्षण गर्ने, त्यसपछि प्रत्येक ७२ घण्टामा एन्टिजेन परीक्षण गर्ने र सोको
    विवरण DCMC लाई उपलब्ध गराउने ।
    १७. राष्ट्रिय राजमार्गहरुमा सञ्चालित होटेल तथा रेष्टुरेण्टहरुले बँदा नं.१५ को खण्ड (छ) बाहेकका
    जनस्वास्थ्यका अन्य मापदण्डहरु पालना गरी भिडभाड नहुने व्यवस्था मिलाई आलोपालो गरी सेवा
    दिने ।
    १८. सबै प्रकारका व्यवसायहरुको अग्रपतिको काउन्टरमा रही काम गर्ने र ग्राहकहरुलाई नियमित सेवा
    दिने कर्मचारीको सम्बन्धित निकाय वा संस्थाले हप्ताको दुई पटक एन्टिजेन परीक्षण गराई रिपोर्ट
    नेगेटिभ आएका व्यक्तिलाई मात्र काममा खटाउने ।
    १९. जुनसुकै सेवा वा क्षेत्रमा कार्यरत व्यक्तिमा कोभिड-१९ को चिह्न वा लक्षण देखिएमा अनिवार्य रुपमा
    पाँच दिन क्वारेन्टिनमा बस्ने र ५ दिन पछि कोभिड-१९ परीक्षण गरी रिपोर्ट नेगेटिभ आएमा मात्र
    काममा आउने ।प, वीरन
    २०. सार्वजनिक तथा निजी सेवा प्रदायकले सम्भव भएसम्म विद्युतीय प्रणालीमार्फत सेवा प्रदान गर्ने
    व्यवस्था मिलाउने ।
    २१. नियमित रुपमा सञ्चालन हुनुपर्ने स्वास्थ्य सेवाहरु जनस्वास्थ्यका मापदण्ड पालना गरी नियमित
    सञ्चालन गर्ने ।
    २२. कोभिड-१९ को रोकथाम, नियन्त्रण, उपचार र निगरानीका लागि आम नागरिकले देहायबमोजिम गर्ने :
    क. जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्ने ।
    ख. घर बाहिर निस्कँदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने, प्रयोग गरिएका विसर्जन गर्नु पर्ने मास्क
    बन्द डस्टबिन वा प्लास्टिक झोलामा बन्द गरी सुरक्षित साथ राखी पाँच दिन पछि मात्र विसर्जन गर्ने
    ।
    ग. घर तथा सार्वजनिक स्थानमा जथाभावी नथुक्ने र प्रयोग गरेको मास्क नफाल्ने ।
    घ. विदेशबाट नेपालमा आउँदा वा निकट सम्पर्कमा रही कन्ट्याक्ट ट्रेसिडमा परेमा परीक्षणबाट नतिजा
    नेगेटिभ भए तापनि कम्तीमा पाँच दिन होम क्वारेन्टिनमा अनिवार्य रुपमा बस्ने ।
    ङ. पी.सी.आर. परीक्षणका लागि प्रयोगशालामा स्वाब दिएपछि नतिजा नआएसम्म बाहिर हिँडडुल, भेटघाट
    र बैठक नगर्ने ।
    च. स्थानीय तहमा क्वारेन्टिन र आइसोलेसनमा बसेका व्यक्तिलाई सक्दो सहयोग गर्ने ।
    छ. अन्य व्यक्तिले जनस्वास्थ्यका मापदण्ड पालना नगरेमा स्थानीय तह, स्थानीय प्रशासन, स्वास्थ्य
    संस्था, टोल सुधार समिति, उपभोक्ता समिति वा सम्बद्ध अन्य निकाय वा संस्थालाई यथाशीघ्र
    जानकारी गराउने ।
    ज. होम आइसोलेसनमा बसेका व्यक्ति स्वास्थ्यकर्मीले नियमित सम्पर्कमा रहने र स्वास्थ्यसम्बन्धी कुनै
    समस्या भएमा तुरुन्तै नजिकको अस्पतालमा जाने ।
    झ. नेपाल सरकारले तोकेबमोजिम कोभिड-१९ विरुद्धको खोप लगाउने ।
    २३. यस आदेशमा उल्लेख भए बाहेकका अन्य सेवा वा कार्यसँग सम्बन्धित निकाय, सार्वजनिक, निजी,
    गैरसरकारी सङ्घसंस्था, कल कारखानाले त्यस्तो सेवा वा कार्य सञ्चालन गर्दा गराउँदा जनस्वास्थ्यका
    मापदण्ड पालना गर्नु गराउनु पर्ने ।
    २४. कोभिड-१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि नेपाल सरकारबाट भएको निर्णय र यस आदेशको
    पालना गराउन सबै राजनीतिक दल, स्थानीय तह, निजी क्षेत्र, नागरिक समाज, गैरसरकारी संस्था,
    संचार जगत र आमनागरिक सबैलाई आवश्यक सहयोग, समन्वय एवं सहजीकरणको लागि अनुरोध
    २५. यस आदेशको पालना गर्नु सबैको कर्तव्य हुनेछ । यस आदेशको अवज्ञा गर्ने वा आदेश कार्यान्वयनमा
    बाधा पुऱ्याउने व्यक्ति तथा संस्थालाई प्रचलित कानून बमोजिम कारबाही र सजाय हुनेछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड
  • उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न
  • सिरहामा गाँजासहित तीन जना पक्राउ
  • मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    चट्याङबाट चार वर्षमा २३७ को मृत्यु, ९०८ जना घाइते

    पत्रकार हत्या र मिडियामाथिको आक्रमणका सम्बन्धमा उच्चस्तरीय स्वतन्त्र छानविन गर्न माग

    वर्षामा समस्यारहित बनाउने प्रयासमा नारायणगढ-मुग्लिन सडकखण्ड

    ठाकुरराम क्याम्पसमा फर्जी भर्ना प्रकरणः विद्यार्थी नेताहरूको रिहा, आन्दोलन जारी रहने चेतावनी

    आज सोमवारको राशिफल

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    भारतमा खसेको चिनियाँ क्षेप्यास्त्रको भग्नावशेष पाउन शक्तिशाली पश्चिमा देशहरूको तँछाडमछाड

    News

    उद्योगसँग सम्बन्धित विषयमा पथलैया औद्योगिक कोरिडोरका उद्योगीहरूसँग अन्तरक्रिया सम्पन्न

    News

    सिरहामा गाँजासहित तीन जना पक्राउ

    News

    मधेशमा दिउँसो बर्षाको सम्भावना, तीनदिनसम्म पानी पर्ने अनुमान

    News

    औषधी पसलमा अनुगमन गर्न गएका विभागका कर्मचारीहरु कुटिए

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑