• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV



    थप विवरण

    होमपेज / Breaking News

    वीरगञ्जमा मुख्यमन्त्री लालबाबु राउत गद्दीको पुत्ला दहन

  • वीरगंज संजाल
  • ३ माघ २०७८, सोमबार २१:३१
  • ९९३

    वीरगन्ज । वीरगञ्जमा मुख्यमन्त्री लालबाबु राउत गद्दीको पुत्ला दहन गरिएको छ । सोमबार प्रदेश – २ को स्थायी राजधानी जनकपुर कायम भएसँगै वीरगञ्जमा मुख्यमन्त्रीको पुत्ला दहन गरिएको छ ।
    विरगञ्जका स्थानीय युवाहरुले ‘मुख्यमन्त्री लालबाबु राउत गद्दी मुर्दाबाद’, ‘मुख्यमन्त्री चोर जिल्ला छोर’, ‘मुख्यमन्त्री चाहिँदैन वीरगञ्जलाई बेच्न पाइँदैन’ लगायतका नारा लगाउँदै मुख्यमन्त्री लालबाबु राउत गद्दीको पुत्ला दहन गरेको हो ।
    वीरगञ्जको घण्टाघर स्थितबाट निकालिएको विरोध ¥याली नगर परिक्रमा गर्दै पुनः घण्टाघरमा पुगेर मुख्यमन्त्रीको पुतला दहन गरेको थियो ।
    मुख्यमन्त्री राउतले वीरगञ्जविरुद्ध षडयन्त्र गरेर जनकपुरलाई प्रदेशको राजधानी बनाएको आरोप लगाउँदै स्थानीय युवाहरुले उनी विरुद्ध नाराबाजी गर्दै उनको पुतला दहन गरेका हुन् ।
    उनीहरुको अनुसार मुख्यमन्त्री राउत वीरगञ्जको स्थानीय हुँदाहुँदै पनि उनले यसलाई राजधानी बनाउन कुनै पहल नगरेको र उल्टै जनकपुरको पक्षमा उभिएको कारण उनी विरुद्ध प्रदर्शन गर्दै पुत्ला दहन गरिएको बताए ।
    आन्दोलन गर्ने बेला मधेशवादी दलका सम्पूर्ण नेताहरु वीरगञ्जमा आएर आन्दोलन गरे, यहाँका जनताहरु सहादत भए तर राजधानी बनाउने बेला जनकपुरलाई स्थानीय राजधानी घोषणा गरेर वीरगन्जसँग धोका गरिएको उनीहरुको भनाई थियो ।
    अन्य नेताहरु वीरगञ्जको नभएपनि मुख्यमन्त्री पर्सा जिल्लाकै भएर पनि वीरगन्जलाई प्रादेशिक राजधानी घोषणा गराउनतर्फ कुनै किसिमको पहल नगरि उल्टै जनकपुरलाई राजधानी बनाउन षडयन्त्र गरेकोले उनको पुतला दहन गरिएको बताइएको छ ।
    मुख्यमन्त्री लालबाबु राउत पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका निवासी हुन् भने निर्वाचन क्षेत्र नम्बर १ को ‘ख’ बाट प्रदेशसभा निर्वाचित साँसद हुन् ।
    लामो समयदेखि राजधानी प्रदेश–२ को राजधानी वीरगञ्ज कि ? जनकपुर भन्ने विषयमा चर्चा चलिरहेको बेला पनि मुख्यमन्त्रीले केही पनि प्रतिक्रिया दिएका थिएनन् । यद्दपी उनले भित्रभित्रै आफ्नो पद जोगाउनका लागि जनकपुरलाई राजधानी बनाउन पार्टीका नेतासँग सहमति जनाएको उनीहरुको आरोप छ ।
    जनकपुरलाई प्रादेशिक स्थायी राजधानी घोषणा गर्नका लागि सोमबार प्रदेशका दुई तिहाइ सांसदहरुले मत दिएका छन् । सोमबार भएको मतदानमा उपस्थित कुल ९९ सांसद मध्ये ७८ सासदले जनकपुरको पक्षमा मतदान गरेको बताइएको छ ।
    प्रदेश – २ मा १०४ सांसद रहेपनि ९९ जनाले मात्रै मतदानमा सहभागिता जनाएका थिए । मतदान सकिए लगत्तै सभामुख सरोजकुमार यादवले प्रदेशको स्थायी राजधानी जनकपुर कायम भएको घोषणा गरेका थिए ।

    Share this:

    • Share
    • Twitter
    • Facebook
    • LinkedIn
    • Telegram
    • WhatsApp
    • Skype

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नवनिर्वाचित अध्यक्ष चौहानले गरे पदभार ग्रहण
  • छिपहरमाई गाउँपालिकामा पद तथा गोपनियताको शपथ ग्रहण
  • भारतद्वारा चिनी निर्यातमा प्रतिबन्ध
  • छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
  • समाचार खोजनको लागि याहा

      • पछिल्ला
      • मुख्य
      • लोकप्रिय

      नवनिर्वाचित अध्यक्ष चौहानले गरे पदभार ग्रहण

      छिपहरमाई गाउँपालिकामा पद तथा गोपनियताको शपथ ग्रहण

      भारतद्वारा चिनी निर्यातमा प्रतिबन्ध

      छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

      रौतहटमा कांग्रेस बन्याे पहिलाे पार्टी, कुन पालिकामा कसले जिते ?

      कांग्रेसको लोकप्रियता बढेको पुष्टि भयो : गगन थापा

      बीरगन्जमा गठबन्धनको संयुक्त विजय जुलुश मनाउँदै

      काठमाण्डाैकाे मेयरमा बालेन्द्र र उपमेयरमा सुनिताकाे जित सुनिश्चित

      यी हुन् सिंगल रहेका साउथका ५ अभिनेत्री

      पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध जनकपुरमा प्रदर्शन

      नवनिर्वाचित अध्यक्ष चौहानले गरे पदभार ग्रहण

      छिपहरमाई गाउँपालिकामा पद तथा गोपनियताको शपथ ग्रहण

      भारतद्वारा चिनी निर्यातमा प्रतिबन्ध

      छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

      रौतहटमा कांग्रेस बन्याे पहिलाे पार्टी, कुन पालिकामा कसले जिते ?

      वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

      सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

      कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

      स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

      काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

      बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

      रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

      वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

      समाचार
      News

      नवनिर्वाचित अध्यक्ष चौहानले गरे पदभार ग्रहण

      News

      छिपहरमाई गाउँपालिकामा पद तथा गोपनियताको शपथ ग्रहण

      News

      भारतद्वारा चिनी निर्यातमा प्रतिबन्ध

      News

      छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

      News

      रौतहटमा कांग्रेस बन्याे पहिलाे पार्टी, कुन पालिकामा कसले जिते ?


      पत्राचार ठेगाना

      विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
      ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
      सम्पादक -Krishna Shrivastav
      सम्पर्क ईमेल –[email protected]
      सम्पर्क न +977-9869096688
      जि.प्र.का. दर्ता नम्बर : 300/078/079
      जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९

      फेसबुक

      ट्विटर

      Tweets by birgunjsanjal

      Subscribe Now

      2022: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
      ↑