वीरगञ्ज माघ ०३। पर्साको धोबिनी गाउँपालिकाका स्थानीयबासीहरुले आइतबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध प्रदर्शन गरेका छन्।
गाउँपालिकामा भएको विकास निर्माणको बजेट तथा खर्च सम्बन्धी हिसाब–किताब सार्वजनिक गर्न गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु साह नआएपछि स्थानीयहरुले राजु साह विरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका हुन्।
स्थानीयहरुले प्रमुख प्रशासकीय अधिकृतले आइतबार हिसाब–किताब सार्वजनिक गर्ने समय दिएर नआएपछि स्थानीयबासीहरुले विरोध जनाएका हुन्।
केही गएको सप्ताहमा मौखीत हिसाब देखाएर आफुहरुलाई झुक्याएको भन्दै आक्रोशित स्थानियहरु विभिन्न नारावाजी गर्दै विरोध प्रदर्शण गरेका छन ।
अगामी दिनमा बजेटको हिसाबकिताब सार्वजनिक गर्ने स्थानीयलाई आश्वासन दिएका थिए। आक्रोशित स्थानीयहरुलाई सम्झाउदै गाउँ पालिका अध्यक्ष सुरेश कुर्मीले बजेटको हिसाब किताब सार्वजनिक हुने भन्दै संयमता अपनाउन स्थानीयलाई अनुरोध गरेका थिए।
स्थानीयको मागलाई मध्यनजर गर्दै अधिकृत साहले नै आइतबारको समय दिए पनि नआएको उनले जिकिर गरे। विरोध सभामा बोल्दै स्थानीय अम्बिका कुर्मीले गाउँपालिकामा भएको विकास निर्माणको कार्यमा भ्रष्टाचार भएको भन्दै त्यसमा संलग्न भएका कार्मचारी सहीत अधिकृत राजु साह माथि छानबिन हुनुपर्ने माग गरे।