वीरगन्ज । जिल्ला बचत तथा ऋण सहकारी संघा लिमिटेड पर्साको १४ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संघका अध्यक्ष राजेश पंडितको अध्यक्षतामा सम्पन्न साधारण सभामा वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजय कुमार सरावगी, नेफ्ष्कुन सञ्चालक समितिका सदस्य हरेराम पटेल, राष्ट्रिय सहकारी विकास बोर्डका पूर्व सञ्चालक शम्भु प्रसाद गुप्ता, जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड बाराका अध्यक्ष सतेन्द्र ठाकुर लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा संघका अध्यक्ष पंडितले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्षले आर्थीक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजकले समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
संघका बरिष्ठ उपाध्यक्ष असगर अली अन्सारीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सहजिकरण संघका महासचिव जिष्णु बरालले गरेका थिए ।