बारा । बारा प्रहरीले लागुऔषध गाँजा र विभिन्न देशको रकम सहित एक युवकलाई पक्राउ गरेका छन् । पक्राउ पर्नेमा मकवानपुरका २१ वर्षीय प्रेमलाल लामा रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
लामालाई बारागढी गाउँपालिका वडा नं. ७ जोखु चौधरीको घरमा लुकाई राखेको ६० केजी गाँजा सहित पक्राउ गरिएको बारा प्रहरीले जनाएका छन् ।
लामाको साथबाट ३९ हजार नेपाली रुपैयाँ सहित मोवाईल १ थान, पावरबैँक १ थान, डलर जोर्डन १, श्रीलंकाका १००, सोमालियाण्ड ५००, होङकोङको ५, भारतीय रुपैयाँ २० र मोटरसाइकल बरामद गरिएको छ ।यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।