• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्साको सीमा क्षेत्रमा प्रहरी सक्रियतामै तस्करी

  • वीरगंज संजाल
  • २३ पुष २०७८, शुक्रबार १९:५३
  • १५०१३

    बीरगन्ज | प्रहरीकै मिलोमतोमा पर्सामा तस्करी मौलाएको छ । नेपाल प्रहरी एवं सशस्त्र प्रहरीका अधिकारीहरुले तस्करहरुलाई मोटो रकम महिनावारी लिने शर्तमा लाइन दिएपछि अहिले पर्साको बीरगन्ज तथा ग्रामीण इलाकामा रहेका सीमा नाकाहरुबाट निर्वाध रुपमा तस्करी भइरहेको छ । सीमा सुरक्षा बल सशस्त्र प्रहरी तथा नेपाल प्रहरीका जिल्लास्थित प्रहरी प्रमुखहरु तथा प्रदेश प्रमुखहरु समेतले तस्करीहरुसँग मोटो रकम असुल गरिरहेको स्रोतको दाबी छ ।तस्करहरुको संरक्षण प्रहरीले नै गर्न थालेपछि के दिन के रात २४ घण्टा सीमा नाकाबाट अवैध माल ओसारपोसार भइरहेको छ । बीरगन्ज बाहेकका नाकाहरुमध्ये भिस्वा नाका अहिले सबैभन्दा बढी चर्चामा रहेको छ । भिस्वा नाकाबाट पर्साका नामुद तस्कर किशोर जैसवालको लाइन चलिरहेको छ । प्रहरीले किशोर जैसवाललाई लाइन दिएपछि रामु जैसवाल, अरुण माडवारी, पप्पु, लड्डु कानु, हाकिम मियाँ, किशोरी साह कानु “मोछु” तथा छिपहरमाई गाउँपालिकाका वडा नं. ५ वडा अध्यक्ष मौजीलाल साह कानुको भाई उदय कुमारले पनि प्रहरी प्रमुख माथि दबाब दिएर लाइन पाएका छन् । किशोर जैसवालको तस्करी बिरासत हाल उनका छोरो मुन्ना जैसवालले सम्हालिरहेका छन् । सेटिङ्गको तमाम गतिविधि मुन्नाले नै हेर्दै आएका छन् । अध्ययनका हिसाबले इन्जिनियर सम्मको पढाई गरेका मुन्नाले तस्करीबाट नै सो भन्दा बढी कमाई देख्न थालेपछि इन्जिनियरको पढाई छोडेर बुबाको बिरासत सम्हालेका छन् ।

    भिस्वा नाकाबाट काला मरिच, मटर, ओखर, जुटका बोरा, कस्मेटिक सामानहरु भारततर्फ चोरबाटोबाट निकासी भइरहेको छ भने भारतबाट किराना आइटम, इलेक्ट्रोनिक सामान, लत्ताकपडा, साडी, होजीयारीका सामानहरु भन्सारी छली गरी तस्करहरुले नेपाल भित्र्याइरहेका छन् । त्यसैगरी, भिस्वा नाकाबाट कबाडको लाइन पनि कबाडीका नामुद तस्कर शशिकान्त कुशवाहा, इस्तिखार अहम्मद मियाँ तथा सहिद मियाँले पाएका छन् ।प्रहरीसँगको सेटिङ्गमा लाइन पाएपछि उनीहरु रातारात करोडपति हुने हिसाबले काम शुरु गरेका छन् । भिस्वा नाकामै छोटी भन्सार तथा प्रहरी युनिट एवं सशस्त्र प्रहरीको बिओपी भिस्वा पोष्ट रहेको भए पनि लाइन माथिबाट नै सेटिङ्ग रहेको कारण केही गर्न नसकेको जिल्लाका प्रहरी अधिकारीहरुले स्वीकार गर्दै आएका छन् । तर ठूलो लाइन माथिल्लो अधिकारीहरुले खाएपछि साना तिना तथा पोके तस्कहरुलाई स्थानीय सशस्त्र प्रहरी तथा नेपाल प्रहरीका युनिटले लाइन दिएर उनीहरु पनि मालामाल भइरहेका छन् ।

    यसरी प्रहरीकै मिलोमतोमा तस्करी हुन थालेपछि पछिल्लो समय नेपाल सरकारको करोडांै मुल्य बराबरको राजश्व चुहावट दैनिक रुपमा भइरहेको स्रोतले दाबी गरेको छ ।नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक तथा प्रदेश प्रहरी प्रमुख डिआइजीहरुले आफ्ना विश्वास पात्रको रुपमा काम गर्ने प्रहरीलाई घुमुवाहरुको रुप खटाई मात्र असुली गर्ने तथा नयाँ तस्करहरुको पहिचान गरी सेटिङ्ग मिलाउन काम गरिरहेको स्रोतको दाबी छ । एक जना तस्करका अनुसार पछिल्लो समयमा इतिहासमै नभएको भारी तस्करी भइरहेको तथा रकम पनि प्रहरीले अहिले भन्दा दोब्बर असुली गरिरहेको बताए । ती तस्करका अनुसार प्रहरीलाई तोकिएको नजराना बुझाएपछि भने माल समातिने डर अहिले नभएको कारण तस्करहरु निर्धक्क पूर्ण रुपमा काम गरिरहेका छन् ।

    नेपालमा तेस्रो मुलुकबाट आयत भएका सामानहरु भारतीय बजारमा खपाउन एवं भारतमा सुरक्षाको जिम्मा सिकारपुरका कुख्यात तस्कर ग्रुपले लिएका छन् । भारतिय अधिकारीलाई मिलाउने तथा एसएसबीसँग माल छुटाउने जिम्मा उनीहरुको रहेको नेपाली तस्करहरुको भनाई छ । यसरी तस्करलाई छुट दिने कार्यमा सरकारमा सहभागी राजनितिक दलका प्रतिनिधिहरुले प्रहरी प्रमुख तथा प्रहरी अधिकारीहरुलाई राजनितिक संरक्षण दिइरहेको स्रोतको दाबी छ । यो कार्यमा नेपाली कांग्रेसका नेताहरु अग्रपंक्तिमा रहेको स्रोतको दाबी छ । ग्रामीण इलाकाका भिस्वा सहित इर्नवा, जानकी टोला, बेलाही, मैना टारहा, भकुवा, श्रीसिया, भिखना ठोरी लगायतका सबै नाकाबाट खुल्लेआम तस्करी भइरहेको स्थानिय प्रत्यदर्शीहरुको भनाई छ । तर यी सबै कुरालाई भने पर्सा प्रहरीका अधिकारीहरुले अस्वीकार गर्दै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑