पर्सा । पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर २ को रङ्गपुरटाडीमा एक वृद्धको चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको हो ।मृत्यु हुनेमा हाल पटेर्वासुगौलामा बसिरहेका लम्जुङ्ग जिल्लाको बेसी शहर नगरपालिका ७५ वर्षीय टिकाराम थापा रहेको वडा नम्बर २ का वडा अध्यक्ष विजय गैरेले जानकारी दिए । मृतक थापाको शवको मुचुलका गरी पोस्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा पठाईएको इलाका प्रहरी कर्यालय पटेर्वासुगौलीका प्रहरी निरिक्षक रामकाजी थापाले बताए ।
थापाको मृत्युसँगै प्रदेश नम्बर २ मा चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको संख्या ४ पुगेको छ । यसअघि धनुषा, सप्तरी र सिराहमा एक/एक जनाको मृत्यु भइसकेको छ ।
अत्यधिक चिसो र शीतलहरले जनजीवन कष्टकर बन्दै गएपछि प्रदेश नम्बर २ का अत्याधिल स्थानीय तरहले तहले विद्यालयमा बिदा दिएका छन् भने सञ्चालित विद्यालयमा समेत विद्यार्थीहरुको उपस्थिति पातलिँदै गएको छ । चिसोका कारण निमोनिया, कोल्डडायरीया, दम, रुघाखोकी र स्वासप्रस्वाससम्बन्धी समस्या लिएर विशेष गरी ग्रामीण क्षेत्रका विपन्न बस्तीमा चिसोले बढी प्रभाव पारेको देखिएको छ । टोलटोलमा दाउरा बालेर आगो ताप्ने क्रम बढेको छ ।