• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेपाल प्रहरीका २६ जना एसएसपीको एकै पटक सरुवा (कसकाे कहाँ ?)

  • वीरगंज संजाल
  • २३ पुष २०७८, शुक्रबार ०७:२१
  • ४५९३

    वीरगन्ज । नेपाल प्रहरीका २६ जना प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)को एकैपटक सरुवा भएको छ । गृहमन्त्री बालकृष्ण खाणले बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै २६ जना एसएसपीको एकैपटक सरुवा गरेका हुन् ।

    २६ जना एसएसपीको सरुवा हुदाँ महानगरीय अपराध महाशाखा, महानगरीय ट्राफिक प्रहरी महाशाखा र मानव बेखबिखन अनुसन्धान व्यूरोका प्रमुख पनि फेरिएका छन् । जसमा महानगरीय अपराध महाशाखा प्रमुखको जिम्मेवारी प्रहरी प्रवक्तासमेत रहेका प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत बसन्तबहादुर कुँवरलाई दिइएको छ । महानगरीय अपराध महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका चन्द्रकुवेर खापुङको भने प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अन्तरगतकाे अपराध अनुसन्धान महाशाखामा सरुवा भएको छ ।

    प्रवक्ता कुँवरको ठाउँमा भने नेपाल प्रहरी शिक्षालय भरतपुरमा कार्यरत बिष्णुकुमार केसीको सरुवा भएको छ । यदि एसएसपीलाई प्रवक्ताको जिम्मेवारी दिइए उनी नै प्रहरी प्रवक्ताको जिम्मेवारी पाउनेछन् । विशेषगरी प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत प्रहरी नायव महानिरीक्षक (डीआईजीपी)लाई प्रवक्ताको जिम्मेवारी दिइने प्रावधान छ । त्यसो गरेमा भने प्रहरी महानिरीक्षको सचिवालयमा कार्यरत डीआईजीपी बसन्तकुमार लामाले प्रवक्ताको जिम्मेवारी पाउनेछन् । तर, लामो समयदेखि भने एसएसपीले बसन्तबहादुर कुँवरले नै प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

    यस्तै महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुखको जिम्मेवारी प्रहरी प्रधान कार्यालयकाे अपराध अनुसन्धान विभाग अन्तरगत रहेकाे अपराध अनुसन्धान महाशाखामा कार्यरत उमेशराज जोशीलाई दिइएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुखको जिम्मेवारीमा रहेका जनक भट्टराईको संघीय प्रहरी प्रदेश कार्यालय भैरहवामा सरुवा भएको छ । उक्त कार्यालयमा कार्यरत एसएसपी शुशिलकुमार यादवको मृत्यु भएपछि रिक्त रहेको थियो ।

    यस्तै मानव बेखविखन अनुसन्धान व्यूरो प्रमुखको जिम्मेवारी प्रहरी प्रधान कार्यालय अन्तरगतकाे कार्य विभाग कार्य निर्देशनालयमा कार्यरत एसएसपी टेकप्रसाद राइलाई दिइएको छ । मानव बेखविखन अनुसन्धान व्यूरो प्रमुखकाे जिम्मेवारीमा रहेकी दुर्गा सिंहको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी मानवस्रोत व्यवस्थापन महाशाखामा सरुवा भएको छ ।

    काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी मानवस्रोत व्यवस्थापन महाशाखामा रहेका चक्रबहादुर सिंहको भने कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगञ्जमा सरुवा भएको छ । कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगञ्ज कार्यालयमा कार्यरत किरण राणाको प्रहरी प्रधान कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा महाशाखामा सरुवा भएको छ ।

    प्रहरी प्रधान कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा महाशाखामा कार्यरत भिमप्रसाद ढकालको भने अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय काठमाडौंमा सरुवा भएको छ । अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय काठमाडौंमा कार्यरत राजेशनाथ बास्तोलाको भने राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखामा सरुवा भएको छ । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखामा कार्यरत नलप्रसाद उपाध्यायको केन्द्रीय अनुसन्धान व्यूरोमा सरुवा भएको छ । केन्द्रीय अनुसन्धान व्यूरोमा रहेका सुदिप गिरीको यस अघि नै महानगरीय प्रहरी परिसर काठमाडौंमा सरुवा भएपछि रिक्त रहेको थियो ।

    यस्तै प्रहरी प्रधान कार्यालय प्रशासन महाशाखामा कार्यरत पुजा सिंहको गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल सुरक्षा कार्यालय भैरहवामा सरुवा भएको छ । गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल सुरक्षा कार्यालय भैरहवामा केहि दिन अघि मात्रै महानगरीय प्रहरी परिसर काठमाडौंबाट सरुवा भएर गएका अशोक सिंहको सरुवा भएकाे महिना नवित्दै प्रहरी प्रधान कार्यालय कार्य विभाग कार्य निर्देशनालयमा सरुवा भएपछि रिक्त भएको हो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑