• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जनताको गुनासो सुन्ने भन्दै सरकारी निकायले बनाएका सामाजिक सञ्जाल अकाउन्ट निष्क्रिय

  • वीरगंज संजाल
  • १६ पुष २०७८, शुक्रबार १२:२१
  • ३३६१

    वीरगन्ज । सरकारले ‘सरकारी निकायद्वारा सामाजिक सञ्जाल प्रयोग गर्ने कार्यविधि, २०७५’ जारी गर्दै सामाजिक सञ्जाललाई अनिवार्य बनायो । उक्त कार्यविधिमा सबै सरकारी निकायले ट्विटर, फेसबुक, भाइबरलगायत सामाजिक सञ्जालमा एकाउन्ट खोलेर सञ्चालन गर्नुपर्ने र त्यसैमार्फत गुनासा सम्बोधन र सूचना तथा जानकारीहरू सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको थियो ।

    सामाजिक सञ्जाल नभएका सरकारी निकायको हकमा फेसबुक, ट्विटरमा खाता खोलेर प्रयोगमा ल्याउनुपर्ने तथा सामाजिक सञ्जाल सञ्चालन गर्न आवश्यक जनशक्ति खटाउन सकिने व्यवस्था समेत उक्त कार्यविधिले गरेको थियो । जसको उद्देश्य जनतासँग संवाद बढाउन तथा सरकारका सूचनाहरू तीव्र गतिमा आदानप्रदान गर्न र जनगुनासाहरू शीघ्र सम्बोधन गर्न सहयोग पुर्‍याउनु थियो ।

    तर, उक्त कार्यविधि मन्त्रालयहरू बाटै अनुसरण नगरिएको पाइएको छ । कुनै समय प्रधानमन्त्री कार्यालयले जनताको गुनासो सुन्ने माध्यमको रुपमा रहेको ‘हेलो सरकार’ को सामाजिक सञ्जाल सन् २०२० देखि निष्क्रिय छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको समयमा सरकारका आधिकारिक निर्णय तथा सूचनामा प्रधानमन्त्रीको आधिकारिक ट्वीटर ह्यान्डल, व्यक्तिगत ट्वीटर ह्यान्डल र प्रधानमन्त्रीका प्रेस सल्लाहकारको ह्यान्डल सक्रिय रहँदा ‘हेलो सरकार’ ओझेलमा परेको थियो ।

    ओली सरकारपछि अहिले प्रधानमन्त्री शेरबहादुर देउवाको सरकार छ । तर, देउवा सरकार सामाजिक सञ्जालमा त्यति सक्रिय भएको पाइदैन । प्रधानमन्त्रीको ट्वीटर तथा फेसबुक पेज पनि त्यति धेरै अपडेट भएको देखिँदैन् । यस्तोमा ओझेलमा परेको ‘हेलो सरकार’ पूनः सक्रिय हुन सक्ने ठाउँ भएता पनि अझै निष्क्रिय नै छ ।

    देउवा सरकारमा हाल २४ ओटा मन्त्रालय छन् । त्यसमध्ये धेरै अधिकांश मन्त्रालयको सामाजिक सञ्जाल निष्क्रिय छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको फेसबुकमा आज भन्दा चार महिना अघि अर्थात सेप्टेम्बर १७ मा अन्तिम पटक जानकारी राखिएको छ । त्यसैका अघिल्लो दिन अर्थात सेप्टेम्बर १६ मा भएको ट्वीट नै मन्त्रालयको अन्तिम हो ।

    सामाजिक सञ्जालसँग सबैभन्दा नजिक रहेको मन्त्रालयको रुपमा हेरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पनि पछिल्लो समय सुस्ताएको छ । मन्त्रालयको फेसबुक पेजमा अगस्ट अघिसम्म विभिन्न सार्वजनिक सूचना तथा जानकारी राख्दै आएको देखिन्छ । त्यसपश्चात् भने साप्ताहिक हुने पत्रकार सम्मेलनको लाइभ कार्यक्रम भन्दा थप कुनै जानकारी उपलब्ध छैन् । ट्वीटर त सेप्टेम्बर देखि पूर्ण रुपमा निष्क्रिय छ ।

    मन्त्रालय अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सामाजिक सञ्जाल भने सबैभन्दा सक्रिय छ । बिहीबार सार्वजनिक बिदा भएता पनि मन्त्रालयको फेसबुक तथा ट्वीटर भने सक्रिय नै छ । बिहीबार मात्रै धेरैओटा पोस्ट भएका छन् । सँगै गृह मन्त्रालय पनि सामाजिक सञ्जाल निरन्तर अपडेटमा छ । बिहीबार तमु ल्होसारमा दिइने सार्वजनिक बिदाको जानकारी बुधबार मन्त्रालयको सामाजिक सञ्जालमा राखिएको छ ।

    त्यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ट्वीटरमा बढी सक्रिय रहेको देखिन्छ । मन्त्रालयको ट्वीटरमा बुधबारमात्रै नवप्रवर्तक साझेदारी कोष कार्यान्वयन निर्देशिका, २०७८ राखिएको छ । तर, फेसबुकमा भने गएको डिसेम्बर १० तारिखदेखि कुनै अपडेट भएको छैन । यो बिचमा ट्वीटरमा पाँच ओटा पोष्ट आइसकेको छन् ।

    अर्थ मन्त्रालयले आफ्नै फेसबुक पेज भने सञ्चालन गरेको छैन । ट्वीटर समेत गएको डिसेम्बर १० तारिख देखि अपडेट भएको देखिँदैन । फेसबुकको स्थानमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगको फेसबुक पेज कनेक्ट गरिएको छ । त्यसै गरी खानेपानी मन्त्रालयको फेसबुक पेजमात्रै रहेको देखिन्छ । तर, उक्त फेसबुक पेज पनि सन् २०१८ देखि नै निष्क्रिय छ । वेबसाइटमा फेसबुक, ट्वीटर, युट्युबको लोगो राखिएको भएता पनि त्यसमा कुनै सामाजिक सञ्जाल लिंक गरिएको छैन ।

    परराष्ट्र मन्त्रालय पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय जस्तै ट्वीटरमा बढी सक्रिय रहेको देखिन्छ । ट्वीटरमा यही सोमबार अन्तिम पोष्ट भएको छ । तर, फेसबुक भने गएको मे महिना देखी निष्कृय रहेको छ । अर्कोतर्फ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको फेसबुक पेज भएता पनि त्यो सन् २०१५ देखि निष्क्रिय छ ।

    ट्वीटरमा भने कुनै ह्याण्डल फेला पर्न सकेन । तर, यस मन्त्रालय अन्तर्गत रहेको यातायात विभागको सामाजिक सञ्जाल भने निकै सक्रिय छ । त्यसैमार्फत यातायात कार्यलयको जानकारी दिने हुँदा पनि मन्त्रालय अन्तर्गतका विभाग सामाजिक सञ्जालमा सक्रिय छन् ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको सामाजिक सञ्जाल भने सक्रिय नै छ । फेसबुक तथा ट्वीटर दुवैमार्फत सोमबार अन्तिम जानकारी सार्वजनिक गरिएको छ । अर्कोतर्फ कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको फेसबुक तथा ट्वीटर नै नभएको पाइयो ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय गएको सेप्टेम्बरमा फेसबुक पेजको कभर फोटो परिवर्तन गरेर गायब भएको छ । ट्वीटरमा ह्याण्डल भएता पनि हालसम्म कुनै ट्वीट गरिएको छैन् । अर्को कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत सेप्टेम्बरसम्म ट्वीटरमा कुनै जानकारी राखेको छैन । अर्को सामाजिक सञ्जाल फेसबुकमा त मन्त्रालयको पेज नै डिलिट गरिएको छ ।

    महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सामाजिक सञ्जाल फेसबुकमा बढी सक्रिय रहेको देखिन्छ । फेसबुकमा आइतबार सम्म पोष्ट भएको छ । तर, ट्वीटरमा भने नोभेम्बर यता कुनै अपडेट भएको छैन् । भूमि व्यवस्था, सकारी तथा गरिबी निवारण मन्त्रालयको कुनै सामाजिक सञ्जाल भेटिएन । कुनै समय ट्वीटर ह्याडल भएको भएतापनि अहिले उक्त ह्याडल समेत डिलिट भएको छ ।

    त्यस्तै, शहरी विकास मन्त्रालयले फेसबुक पेज सञ्चालनमा ल्याएको भएता पनि प्रयोगमा भने छैन् । सन् २०१५ मा खोलिएको उक्त फेसबुक पेजमा खोलेको भोलिपल्ट राखिएको एउटा पोस्ट भन्दा थप कुनै जानकारी उपलब्ध छैन । ट्वीटरमा भने मन्त्रालय देखिएन ।

    अर्को मन्त्रालय वन तथा वातावरण भने ट्वीटरमा अलि बढी सक्रिय देखिन्छ । मन्त्रालयको ट्वीटर ह्याडलमार्फत यही डिसेम्बर २० मा अन्तिम पोष्ट भएको छ । तर, फेसबुकमा भने जुन ४ मा भएको पोष्ट नै अन्तिम हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पनि पछिल्लो लामो समयदेखि सामाजिक सञ्जालमा निष्क्रिय देखिन्छ । मन्त्रालयको ट्वीटर ह्याण्डलमा नोभेम्बर १६ यता कुनै अपडेट भएको छैन । भने, फेसबुक पेज डिलिट गरिएको छ ।

    युवा तथा खेलकुद मन्त्रालय भने सामाजिक सञ्जालमा निरन्तर सक्रिय रहेको देखिन्छ । मन्त्रालयको दुबै सामाजिक सञ्जाल फेसबुक तथा ट्वीटरमार्फत बुधबारमात्रै सूचना जारी गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    ‘शार्क ट्यांक नेपाल’मा एउटै स्टार्टअपसँग ६ करोडको डिल

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    News

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑