• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेपाल-भारतको साझा मञ्चमा कृषि मन्त्रीले भने : चुरे विनाश रोके दक्षिण एशियालाई कल्याण गर्न सक्छौँ

  • वीरगंज संजाल
  • १५ पुष २०७८, बिहीबार ०३:०२
  • ३१६९

    वीरगंज | कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्र राय यादवले नेपालले दक्षिण एशियालाई खाद्यान्न निर्यात गरी सघाउन सक्ने बताएका छन्। वीरगंजमा आयोजित एक कार्यक्रममा मन्त्री यादवले नेपालको तराई मधेसका उर्वर भूमिबाट विभिन्न प्रकारका कृषि उत्पादनलाई विदेश निर्यात गर्न सकिने बताएका हुन्।स्वतन्त्रता दिवसको अवसरमा भारत सरकारले मनाइरहेको अमृत महोत्सव र नेपाल-भारत सहयोग मञ्चको रजत जयन्तीको अवसरमा दियालो लर्ड्स प्लाजा होटलमा बुधवार आयोजित ‘नेपाल-भारतका जनताको सम्बन्ध सम्मेलन’मा उनले यस्तो बताएका हुन्। नेपाल-भारत सीमाक्षेत्रका नागरिकबीचको सामाजिक विकासमा जोड दिन सरोकार मञ्च रक्सौलको सहकार्यमा आयोजना भएको कार्यक्रममा उनले चुरे विनाश नेपालको लागि मात्र नभई भारतको लागि पनि साझा समस्या भएकोले यस विषयमा नेपाल-भारत सरकारले साझा नीति बनाएर अघि बढ्न आवश्यक रहेको बताए।

    ‘चुरे सखाप भयो भने तराई-मधेस रहदैन, यहाँको उब्जाउ भूमि रहदैन, यहाँको जमिन बन्जर बन्ने छ, तर भूक्षय, बनजंगल विनाशले गर्दा सिँचाईको लागि पानीको अभाव हुन सक्छ, बाढी पहिरोले उर्वर भूमि नष्ट हुन्छ’, उनले भने, ‘त्यसकारण बाढी र अन्य समस्यालाई भारतको सहयोगमा हल गरी सरकारले चुरे बचाउने काममा कुनै कसर बाँकी राख्दैन।’त्यस्तै, भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका बिहार प्रदेश अध्यक्ष एवं लोकसभा सांसद सन्जय जैसवालले नेपाल एक सुन्दर देश भएको बताए। कार्यक्रममा सम्बोधन गर्दै उनले आजको सबैभन्दा बढी आम्दानीको स्रोत भनेको पर्यटन व्यवसाय नै भएको बताए।

    उनले सिंगापुर, थाइल्यान्ड जस्तै नेपाल पनि पर्यटन व्यवसायमा उच्च सम्भावना बोकेको देश भएकोले छोटो समयमा फड्को मार्न सक्ने धारणा राखे।‘भारतबाट ठूलो संख्यामा पर्यटन नेपाल आउन थाले भने रक्सौल र पूर्वी चम्पारण क्षेत्रको पनि विकास हुन्छ’, उनले भने, ‘नेपाल-भारत सरकारले रक्सौल-काठमाडौं रेलमार्गको स्वीकृति, रक्सौलदेखि डिघवारासम्म चार लेन र बेतियादेखि पटनासम्म चार लेन सडक विस्तार योजनाले बिहारको विकाससँगै नेपालको आर्थिक विकासमा मद्दत पुग्ने छ।’भारत सरकारले वीरगंजको आइसीपी भएर यात्रुवाहक सवारी साधन प्रवेशको अनुमति दिइसकेको तर नेपाली पक्षको कारण वीरगंजको आइसीपीबाट यात्रुवाहक सवारी साधन आउजाउ गर्न नपाएकोले नेपाल सरकारले त्यसबारे चाडै निर्णय गर्न उनले अपिल गरेका थिए। उनले केही वर्षमै वीरगंज-रक्सौलबीचको विभिन्न ठाउँमा ओभरब्रीज निर्माण सम्पन्न भएपछि यो क्षेत्रको सामाजिक तथा आर्थिक विकासमा सहयोग पुग्ने बताए।

    रक्सौलको हवाई अड्डाको बारेमा पनि केन्द्रीय उड्डयन मन्त्रालयमा प्रस्ताव अड्केको र त्यसबारे भारतीय जनता पार्टीको सरकार गम्भीर रहेको उनले बताए। नेपाल-भारत सहयोग मञ्चका अध्यक्ष अशोक वैद्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश २ का खानेपानी तथा उर्जामन्त्री ओमप्रकाश शर्मा, संघीय सांसद लक्ष्मणलाल कर्ण, वीरगंज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगी, वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत नितेश कुमार, उद्योगपति बाबुलाल चाचान, उमेशचन्द्र ठाकुरलगायतले सीमाक्षेत्रको समस्याको विषय र नेपाल-भारत सहयोग मञ्चको स्थापानाको बारेमा भनाइ राखेका थिए।उनीहरुले काठमाडौं र दिल्लीको सम्बन्धले मात्रै दुई देशको सम्बन्ध मजबुत नहुने भन्दै सीमाक्षेत्रका जनता-जनताबीचको सम्बन्धको विषयमा गम्भीर हुनुपर्ने बताएका थिए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा
  • हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    ‘शार्क ट्यांक नेपाल’मा एउटै स्टार्टअपसँग ६ करोडको डिल

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    News

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    News

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑