पर्सा । सिभिल बैंक पकाहामैनपुर शाखाद्वारा बैंकको एघारौ बार्षिक उत्सवको अवसरमा सी एस आर अर्थात कर्पोरेट सोसल रेसपन्सिबिली अन्तर्गत जेहेन्दार छात्रालाई एक कार्यक्रमका बिच छात्रवृत्ति प्रदान गरिएको छ।
शाखा नजिकै रहेको श्री राम चरित्र भगत माध्यमिक बिधालय पकाहामैनपुरमा अध्ययनरत कक्षा ९ कि जेहन्दार छात्रा शालु कुमारीलाई छात्रवृत्तिको चेक हस्तान्तरण गरिएको हो।
बिधालयमै भएको कार्यक्रममा बैंकको शाखा प्रबन्धक प्रबीण मणि ढकाल लगायत शाखाका अन्य कर्मचारी र बिधालयका तर्फबाट सह प्राध्यापक मनोज कुमार यादव लगायत अन्य शिक्षकहरुको समेत उपस्तिथि रहेको थियो।