भारत |भारतको राजधानी नयाँ दिल्लीमा फेरि कोरोना संक्रमितको संख्या बढ्न थालेको छ। शुक्रबार दिल्लीमा १ सय ८० संक्रमित फेला परेका हुन्। योसँगै कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित हुनेको संख्या ५७ पुगेको छ।
दिल्लीमा सक्रिय संक्रमितको संख्या बढेर ७८२ पुगेको छ। तर, यो राहतको कुरा हो कि दिल्लीको सकारात्मकता दर अझै ०.२९ प्रतिशत छ। जुन ५ प्रतिशतको खतरनाक स्तरभन्दा निकै तल छ।
दिल्ली सरकारद्वारा दैनिक जारी गरिएको हेल्थ बुलेटिनका अनुसार शुक्रबार दिल्लीमा ६२ हजारभन्दा बढीको कोरोना परीक्षण गरिएको थियो। शुक्रबार कोरोनाबाट मुक्त हुनेको संख्या ८२ पुगेको छ।