• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्साको जगरनाथपुरमा सरकारी गाडीको चरम दुरूपयोग, सम्बन्धित निकाय मौन ।

  • वीरगंज संजाल
  • २७ मंसिर २०७८, सोमबार २१:४६
  • ४४९७

    वीरगंज । पर्सा जिल्लाको स्थानीय तहहरुमा सरकारी गाडीको चरम दुरूपयोग भइरहेको छ । गाउँ गाउँमा सिंहदरबार भन्ने नाराका साथ संघियता अनुरूप व्यवस्था गरिएको स्थानीय तहका जनप्रतिनिधि देखि कर्मचारीहरुले सरकारी गाडीको चरम दुरूपयोग गरिरहेको पाइएको छ । यस्तै जगरनाथपुर गाउँपालिकाको कार्यालय जगरनाथपुरमा पंजीकरण शाखामा कार्यरत शाखा प्रमुख विनोद साह गोढलाई गाउँपालिकाले दिएको मोटरसाइकल आफ्नो निजी प्रयोगका लागि प्रयोग गर्दै गरेको प्रत्यक्ष रूपमा हेरिएको छ । प्रमुख गोढले आफ्नो निजी प्रयोगका लागि सरकारी गाडीमा २ बोरा रासायनिक मल लोड गरी जाँदै गरेको फोटो सार्वजनिक भएको छ ।

    स्थानीय जनताको समस्या समाधानका लागि कार्यालयमा पुग्न र कार्यालयको काममा सहज भएर लाग्न जिल्ला भरका पालिकाहरुले आफ्ना जनप्रतिनिधि तथा कर्मचारीहरुको लागि ठूलो धनराशी खर्च गरेर लाखौंको सवारीसाधन किनेका छन् । सुरुका दिनमा स्थानीय तहले प्राथमिकताका साथ गाडी तथा मोटरसाइकल खरिद गर्न थालेपछि जिल्लामा त्यसको व्यापक आलोचना समेत भएको थियो । लाखौंको सुविधा सम्पन्न गाडी तथा त्यसमा प्रयोग हुने इन्धन, मोबिल तथा मर्मत खर्च स्थानीय तहले व्यहोर्दै आएका छन् । विकास निर्माणको लागि भनि आएको बजेट सवारी साधनको रखरखावमा खर्च भएको भन्दै त्यसको व्यापक विरोध समेत भएको थियो ।

    स्थानीय तहले एकातिर सवारीसाधनको रखरखावमा वार्षिक लाखौं खर्च गर्दै आएका छन् भने अर्कोतर्फ ती सरकारी गाडीहरूको निजी प्रयोग पनि बढ्दो छ । जसका कारण व्यक्तिगत प्रयोजनका लागि सरकारी सम्पत्तिको प्रयोग गरी दुरूपयोग बढेको छ । जिल्लाका अधिकांश स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरुले सरकारी सुविधाको रुपमा पाएको मोटरसाइकल घरको कामदेखि खेतबारीको काममा प्रयोग गर्ने गरेका छन् । कर्मचारीहरुले पाएको मोटरसाइकल उनीहरुका छोरा ,भाइ ,भतिजा र सालोले गुडाइरहेको देख्न पाइन्छ ।मोटरसाइकलमा प्रयोग हुने इन्धन लगायतका सुविधा स्थानीय तहबाट लिँदै आएका कर्मचारीहरु जनताको काम नगरी त्यसको प्रयोग भने आफ्नो घरको र ब्यक्तिगत काममा प्रयोग गर्दै आएको स्थानीयहरुले बताएका छन् ।

    यसरी सरकारी सम्पत्तिको दुरुपयोग गर्नेहरुलाई तत्कालै कार्यवाहीको दायरामा ल्याउन सरोकारवाला निकायको ध्यान जान जरुरी रहेको जगरनाथपुर गाउँपालिकाका स्थानियहरुले बताएका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द
  • आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न
  • समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण
  • भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    क्याम्पस चिफ हराएको भन्दै स्ववियुको विरोध, ठाकुर राममा चरम लापरबाहीको आरोप

    तराई–मधेसमा खडेरीले चर्काएको खानेपानी संकट, मन्त्री यादवद्वारा प्रभावित क्षेत्रको निरीक्षण

    खानेपानी मन्त्री प्रदिप यादवको सम्मानमा बीरगञ्जमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

    चर्चित अभिनेत्री आफ्नै फ्ल्याटमा मृत भेटिइन्, १ महिनादेखि सडिरहेको थियो लाश, मृत्युको कारण स्पष्ट छैन

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    News

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    News

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    News

    खानेपानी अभाव समाधानका लागि वीरगंजमा निरीक्षण तथा अनुगमन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑