• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    आक्रोसित लगानीकर्ताको एउटै मञ्चबाट एक स्वर “पूँजी बजारका अहितकार आगामी चुनावमा बहिष्कार”

  • वीरगंज संजाल
  • २४ मंसिर २०७८, शुक्रबार १८:२२
  • ३०४९

    वीरगंज | पूँजी बजारमा देखिएका नीतिगत समस्या र निराकरणको रणनिती बनाउने उद्देश्यले आयोजना गरिएको लगानीकर्ताहरूको बृहत् छलफल कार्यक्रम आज बुद्धनगरस्थित क्वालिटी ब्याङ्क्वेटमा भव्य रूपमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा पूँजी बजारको संकट र समाधानका सुत्रहरूका विषयमा लगानीकर्ताहरुले एकजुट भएर सामूहिक आवाज उठाएका थिए ।

    केही दिनअघिबाट नै सामाजिक सञ्जालमा सेयर बजारमा लगानी गर्ने लगानीकर्ताहरुले पूँजी बजार विरोधीलाई चुनावमा नो भोट भन्ने अभियान चलाइरहेका छन् । पूँजी बजारका समस्याहरूलाई सरकारले बेवास्ता गरेपछि सबै लगानीकर्ताका संगठनहरू एकजुट भएका हुन् । लगानीकर्ताहरूले पूँजी बजारका अहितकार आगामी चुनावमा बहिष्कार भन्ने नारासहित व्यापक रूपमा पूँजी बजार विरोधीहरूलाई नो भोट अभियान चलाएका छन् । यो अभियानमा हजारौँ लगानीकर्ताहरूले साथ र समर्थन गरिरहेका छन् । सामाजिक सञ्जाल मार्फत सरकार र दलहरुलाई सचेत बनाउन कै लागि यो अभियान सञ्चालन गरिएको हो ।

    आज आयोजना गरिएको कार्यक्रममा पनि हजारौँ लगानीकर्ताहरू उपस्थित थिए । अगुवा लगानीकर्ताहरू निर्मल प्रधान, अम्बिका प्रसाद पौडेल, छोटेलाल रौनियार, हरि ढकाल, रोहन कार्की, तिलक कोइराला, राधा पोख्रेल, संरक्षणा चौधरी लगायतले आ आफ्ना विचार तथा तर्कहरू पेश गरेका थिए ।

    सरकारले लगानीकर्ताका माग नसुनेमा तथा बेवास्ता गरेमा आउँदा दिनहरूमा अन्य आन्दोलनहरू समेत गरिने लगानीकर्ताहरूले सम्बन्धित निकायहरूलाई चेतावनी दिएका छन् ।

    आजकाे कार्यक्रममा नेपाली सेयर बजारका बादसाहका रूपमा चिनिने लगानीकर्ता निर्मल प्रधानले अहिले आफूहरूले माग गरिरहेको कुरा आफ्नो अधिकार रहेको बताएका छन् । उनले भने “हामी लगानीकर्ताहरू माग्ने हैन दिने हौँ । हामीले सरकारलाई राजश्व तिरिरहेका छौँ । अहिलेको हाम्रा कुराहरू माग हैन अधिकार हो । यो अधिकार नपाएसम्म हामी निरन्तर लडिरहन्छौँ ।” अहिले बजार कतिले घट्यो कति घट्छ भन्ने कुरा भन्दा पनि बजारको विकासमा सरकार र नियामक कसरी लागिरहेको छ भन्ने जरूरी रहेकाे बताउँदै उनले नेप्से परिसूचक १२ सयकै विन्दुमा झरेपनि आफूलाई खासै फरक नपर्ने बताएका छन् ।

    त्यस्तै, सेयर विश्लेषक एवमं उद्योग वाणिज्य महासंघ अन्तर्गतको पुँजी बजार फोरमका सभापति अम्बिका प्रसाद पौडेलले नियतबश सेयर बजार घटाउनकै लागि नीति ल्याउनेप्रति विरोध गरिएको तथा असहमति जनाइएको बताएका छन् । बजारलाई सधैँभरी स्वतन्त्र ढंगले चल्न दिनुपर्ने उनले बताए । नियामक निकायहरूले एकपछि अर्को गर्दै प्रहार गरेका नीतिहरूले गर्दा आमलगानीकर्ताहरूको सम्पत्ति असुरक्षित बनेको उनले बताएका छन् ।

    कार्यक्रममा बाेल्ने क्रममा सेयर विश्लेषक एवमं नेपाल इन्भेष्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियारले नियामक निकायहरूसँग वार्ताको बाटो बन्द नगर्न लगानीकर्ताहरूलाइ आग्रह गरेका छन् । छलफल कार्यक्रममा संघ संगठनबाट हटेर आफ्नो व्यक्तिगत विचार राख्दै उनले बहिष्कारको नीतिभन्दा पनि वार्ताबाटै समस्या समाधान गर्नुपर्ने बताएका छन् । बहिष्कारको काम नगरिकन सबैजना मिलेर अगाडि बढ्दा सबै नियामक निकायहरूले सुन्ने उनले बताए । कार्यक्रममा बोल्ने क्रममा उनले लगानीकर्ताहरूको अहिलेको आन्दोलनमा आफ्नो पनि साथ र समर्थन रहेको बताएका छन् । आफ्नो शरिरमा सास भएसम्म आफू लगानीकर्ता साथीहरूका लागि पछि नहट्ने उनी बताउँछन् ।

    सेयर लगानीकर्ता दवाब समूहका संयाेजक हरि ढकालले पूँजी बजारको लागि आजसम्म पनि स्थायी नीति नआएकोले आन्दोलन गर्नु जरूरी रहेकाे बताएका छन् । नेपालले आजसम्म एक जना पनि पूँजीबजार बुझेको अर्थमन्त्री नपाएको भन्दै उनले चुनावी घोषणापत्र मै पूँजी बजारको विषय समेटर चुनावमा आउन अनुराेध गरेका छन् । पूँजी बजार बुझेको अर्थमन्त्रीले पूँजी बजारको लागि स्थायी नीति बनाईदिएको भए आन्दोलन गर्नुपर्ने अवस्था नै नआउने उनी बताउँछन् ।

    उक्त कार्यक्रममा बाेल्दै स्वतन्त्र पूँजीबजार सुधार संघका अध्यक्ष राेहन कार्कीले “नाे भाेट” अभियान कुनै राजनीतिक दलप्रति लक्षित नभई पूँजी बजारकाे बेवास्ता गर्नेहरूप्रति केन्द्रि रहेकाे बताएका छन् । अहिले पूँजी बजारमा लगानी गर्ने लगानीकर्ताहरुलाई सरकारले दोस्रो दर्जाको नागरिक सरहको व्यवहार गरिरहेको उनी बताउँछन् । सकेसम्म सभ्य हिसावले कार्यक्रम गर्ने र यसाे गर्दा पनि सुनुवाई नभए जस्ताेसुकै कदम उठाउन पनि पछि नहट्ने उनले बताए । पूँजी बजारकाे विकास र विस्तारका लागि सबै लगानीकर्ता संयुक्त रूपमा लागिरहने उनले बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑