वीरगन्ज । अनिल सहनी निषाद । शुक्रवार सगरमाथा एकेडेमी विद्यालयद्वारा ३० औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको उपलक्ष्यमा वीरगञ्ज मुर्ली वडा नं १२ अवस्थित आफ्नै प्राङ्गणमा संस्थापक प्रधानाध्यापक जियालाल गुप्ताको अध्यक्षतामा हाजिर जवाफ प्रतियोगिता सम्पन्न भएको छ।
अपाङ्गहरुले पनि देशमा समाजिक, आर्थिक र साहित्यिक आदी क्षेत्रको विकाशमा झमक कुमारी जस्ता हजारौंले आफ्नो अमूल्य योगदान दिएका विदित्यै छन। त्यस्ता व्यक्तिहरू विद्यार्थीहरुका लागि प्रेरणाका श्रोत बनी जिवन निर्माणमा ठूलो सहयोग पुर्याएकै छन।
तसर्थ, यस विद्यालयले विज्ञान, गणित, अङग्रेजी, समाजिक अध्यन, सामान्य ज्ञानको साथ- साथै मनोरञ्जनात्मक कार्यक्रम गरी अपाङ्गहरूको वारेमा जनचेतना फैलाउने दृश्टिकोणले कक्षा पांच देखि कक्षा ९ सम्म हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ।
सात विषयवाट दस दस वटा प्रश्न सोधिएको कार्यक्रममा ८० अंकले पहेलो सदन प्रथम, ६० अंकले निलो सदन द्वतिय , ४० अंकले रातो सदन तृतीय र ३० अंकले हरियो सदन सान्त्वना स्थान हासिल गरेका थिए।
कार्यक्रममा विजेताहरुलाई प्रमाणपत्र, मेडल तथा शिल्ड वितरण गरिएको थियो। कार्यक्रमको संचालन सामाजिक अध्यन शिक्षक अनिल सहनी निषादले गरेका थिए।