• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कांग्रेस प्रदेश समितिको नेतृत्वमा पुग्न कसले मार्ला बाजी ?

  • वीरगंज संजाल
  • १५ मंसिर २०७८, बुधबार ०७:०६
  • २१५७

    वीरगंज । नेपाली कांग्रेसको प्रदेश महाधिवेशन सुरु हुन अब दुई दिन मात्रै बाँकी छ । तर, अहिलेसम्म कांग्रेसका कुनै पनि गुटले सभापति तथा पदाधिकारी उमेदवारको टुंगो लगाएका छैनन् ।प्रदेश महाधिवेशन समन्वयका लागि सात नेतालाई जिम्मा दिइएको छ । प्रदेश–१ मा कृष्णप्रसाद सिटौला, प्रदेश–२ मा रमेश रिजाल, वाग्मती प्रदेशमा प्रकाशमान सिंह, गण्डकी प्रदेशमा गोपालमान श्रेष्ठ, लुम्बिनीमा बालकृष्ण खाण, कर्णालीमा जीवनबहादुर शाही र सुदूरपश्चिममा दिलेन्द्रप्रसाद बडुले प्रदेश अधिवेशन आयोजक समिति संयोजकको जिम्मा पाएका छन् ।

    उनीहरुले प्रदेश महाधिवेशनको संयोजन गर्नेछन् भने महाधिवेशनको औपचारिक सभामा अध्यक्षतासमेत गर्नेछन् । तर, उनीहरुलाई दिइएको जिम्मेवारीअनुसार स्वाभाविक तालिकाअनुसार महाधिवेशनको प्रक्रिया अघि बढेको भए बुधबार प्रदेशमा सभापति, पदाधिकारी र सदस्यहरुले उमेदवारी दर्ता गर्नुपर्ने हुन्छ । तर, कांग्रेस महाधिवेशनको तालिकाको कार्यान्वयन हुन नसक्दा प्रदेश र संघीय महाधिवेशनमा निर्वाचन तालिका नै संशोधन भएको छ ।

    सोमबार बसेको शीर्ष तीन नेताहरु सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्ण सिटौलाको बैठकले प्रदेश र संघको महाधिवेशनको निर्वाचन तालिका फेर्ने प्रस्ताव गरेको हो । तीन नेताले संशोधन गरेको तालिकालाई केन्द्रीय निर्वाचन समितिले अनुमोदन गर्दै सार्वजनिक गरिसकेको छ ।

    जसअनुसार प्रदेशमा १५ गते नै हुने भनिएको उमेदवारको मनोनयन दर्ता १७ गते पुगेको छ भने २१ गते हुने भनिएको केन्द्रको उमेदवारको मनोनयन दर्ता २५ मंसिरमा पुर्‍याइएको छ ।१७ गते हुने प्रदेशको निर्वाचन १८ गते पुगेपछि परिणाम घोषणा २१ गतेसम्म पुग्ने देखिएको छ । यस्तै २१ गते नै उमेदवारको मनोनयन दर्ता गरेर २५ गते मतदान र २६ देखि मतपरिणाम आउने गरी तालिका बनाए पनि अब मतदान नै २७ गते सुरु हुने देखिएको छ ।प्रदेशमा सभापतिसहित पदाधिकारीको विषयमा गुटका नेताहरु टुंगोमा नपुग्दा उमेदवार चयन हुन सकेका छैनन् ।आकांक्षीहरुमा पनि कुन कार्यसमितिमा प्रतिस्पर्धा गर्ने भन्ने अन्योल देखिन्छ ।

    कांग्रेसको विधानअनुसार केन्द्रीय महाधिवेशन प्रतिनिधिले प्रदेशमा पनि भोट हाल्ने मात्र नभएर उमेदवारी दिने अधिकार पाउँछ । त्यसैले धेरैजसो आकांक्षीहरु केन्द्रीय महाधिवेशन प्रतिनिधि बनेर कार्यकर्ताको सुझाव लिइरहेका छन् भने कतिपयले आ–आफ्नो गुटको नेताको मुख ताकिरहेका छन् ।

    कुन प्रदेशमा कहाँ को छन् नेतृत्वका आकांक्षी ?

    केन्द्रमा जस्तै प्रदेशमा पनि नेताहरुका आ–आफ्ना गुट छन् । केन्द्रका नेताहरुमा आफ्नो गुटका आकांक्षीमध्ये कसलाई बनाउँदा बलियो दावेदारी प्रस्तुत हुन्छ, अनि कसलाई बनाउँदा आफ्नो टिममा विश्वास कायम हुन सक्छ भन्ने विषयको जोड घटाउ चलिरहेको छ । त्यसैले उनीहरु आफ्नै आकांक्षीहरुलाई जोखिरहेका छन् ।

    प्रदेश नम्बर १ मा को को ?

    प्रदेश नम्बर १ मा संस्थापन पक्षबाट मोरङका पूर्वसभापतिसमेत रहेका केन्द्रीय सदस्य अमृत अर्याल प्रत्यासी छन् भने संस्थापनइतर पक्षबाट नेविसंघका पूर्वअध्यक्षसमेत भइसकेका केन्द्रीय सदस्य गुरुराज घिमिरे छन् । यो प्रदेशमा कृष्ण सिटौला समूह निर्णायक हुन सक्ने आकलन छ ।

    सिटौलाले झापाका पूर्वभापति तथा पूर्वसांसद सुधीर सिवाकोटी, उद्धव थापाको व्यवस्थापन खोजिरहेका छन् । जिल्ला अधिवेशनमा जारी सहकार्यको निरन्तरता भए सिटौलाले प्रदेश १ को नेतृत्व नै पाउने हुँदा थापा सभापतिको उमेदवार बन्न सक्ने एक नेताले जानकारी दिए ।

    यदि त्यस्तो अवस्था बनेमा थापाविरुद्ध संस्थापनइतरका घिमिरे चुनावी मैदानमा हुनेछन् । हैन भने त्रिपक्षीय भिडन्तपछि पहिलो हुने दुईजनाबीच प्रतिस्पर्धा हुने छ ।सिटौलाले नेतृत्व नपाएमा सुधिर सिवाकोटी वा ओखलढुंगाका कुमार लुइटेललाई सिटौले महत्वपूर्ण पदाधिकारीमा लैजाने उनी निकटहरुको बुझाई छ । घिमिरेको ठाउँमा प्रदेश–१ का संसदीय दलका नेता राजीव कोइराला पनि आकांक्षी छन् । शेखर कोइरालासँग निकट रहेका उनी सिटौलाको समेत विश्वास लिएर जानसक्ने नेताका रुपमा पनि हेरिएका छन् ।

    प्रदेश नम्बर २ मा को–को छन् आकांक्षी ?

    प्रदेश नम्बर २ मा संस्थापन पक्षका तीन आकांक्षी देखिएका छन् । सभापति देउवा पक्षका तरुण दलका पूर्वअध्यक्ष महेन्द्र यादव, बाराका नेता तथा सांसद अजय चौरासिया र रौतहट सभापति कृष्ण यादव प्रदेशको नेतृत्व गर्ने भन्दै सभापतिको दावीमा छन् । यहाँ पौडेल–कोइराला पक्षबाट केन्द्रीय सदस्य रामकृष्ण यादव र पर्साका सभापति अजय द्विवेदी प्रदेश सभापति पदका आकांक्षी छन् । यो प्रदेशमा विमलेन्द्र निधिको पनि पकड रहेकाले उनको मत निर्णायक हुनसक्ने विश्लेषण भइरहेको छ ।

    हुन त अहिलेसम्म प्रदेश २ मा महाधिवेशन प्रतिनिधिको चयन भइसकेको छैन । तर, निधिको आधार क्षेत्रका रुपमा हेरिएकाले उनी त्यहाँको निर्णायक हुने आकलन संस्थापन र संस्थापनइतर दुवै पक्षमा भइरहेको छ । विमलेन्द्र निधिसँग निकट भएर धेरै तरुण दलको अध्यक्षसहितका पद पाइसकेका महेन्द्र यादव बालकृष्ण खाँणसँगै देउवाको निकट भएका छन् । निधिसँगै रहेका भए प्रदेश २ को सभापतिको उमेदवार उनी नै हुन सक्थे । तर, उनले साथ छोडेपछि निधिले भने रामसरोज यादवलाई प्रदेश सभापतिमा अघि सारेका छन् । प्रदेश २ मा कांग्रेस संसदीय दलका नेतासमेत रहेका यादव प्रदेश २ को सरकारमा मन्त्रीसमेत छन् ।

    वाग्मती प्रदेशमा को–को छन् आकांक्षी ?

    वाग्मती प्रदेशमा प्रदेश सभापति पदका लागि देउवा पक्षबाट केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत र मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँ मुख्य आकांक्षी छन् । दुईपटक मन्त्री भइसकेका र पटक–पटक सांसद भएका मोहन बस्नेत १८ वर्ष सिन्धुपाल्चोकको सभापति भइसकेका व्यक्ति हुन् । बानियाँ वाग्मती प्रदेशमा कांग्रेस संसदीय दलका नेतासमेत छन् भने निश्चित समयपछि प्रदेशको मुख्यमन्त्री पाउने समेत सहमति गरेर बसेका छन् । तर, यो प्रदेशमा सिटौला समूहका नेता भिमसेनदास प्रधानले देउवालाई काठमाडौंमा साथ दिएर सहयोग मागिसकेका छन् ।

    प्रधानका लागि सिटौलाले पनि अडान लिएमा प्रधानले संस्थापनका अन्य नेतालाई पछि पार्न सक्ने देखिएको छ ।तर, सिटौलाको प्राथमिकतामा प्रदेश १ रहेकाले प्रधानको विषय टुंगो लागिसकेको भने छैन । १३ औं महाधिवेशन पछि सिटौला भन्दा देउवासँग बढी नजिक भएर काम गरेका प्रधान सिटौला–देउवा गठबन्धन निर्माणमा महत्वपूर्ण भूमिका खेलेका नेता हुन् । त्यसैले उनले प्रदेश सभापतिमा उमेदवारी पनि सबैभन्दा पहिला घोषणा गरिसकेका छन् ।पौडेल–कोइराला पक्षबाट भने काभ्रेका निवर्तमान सभापति मधु आचार्य, नुवाकोट सभापति जगदीश्वरनरसिंह केसी, धादिङ सभापति रमेश धमला तथा काठमाडौंका नेता राजुराज जोशी आकांक्षी छन् ।

    गण्डकी प्रदेशमा को–को छन् अकांक्षी ?

    गण्डकी प्रदेशको मुख्यमन्त्रीमा १२ औं महाधिवेशनसम्म पौडेल कोइराला समूहमा रहेर १३औं महाधिवेशन देखि देउवा समूहमा आएका अर्जुन जोशीले उमेदवारी घोषणा गरिसकेका छन् । यसबाहेक संस्थापनबाट केन्द्रीय सदस्यहरु गोविन्द भट्टराई र शंकर भण्डारी पनि आकांक्षी देखिएका छन् । संस्थापनइतर समूहबाट भने महेन्द्रध्वज जिसी मुख्य दावेदारका रुपमा हेरिएका छन् । यसबाहेक तनहुँका रघुनाथ पौडेलले उमेदवारी घोषणा गरिसकेका छन् । तनहुँका पूर्वसभापतिसमेत रहेका रघुनाथ कुनै बेला रामचन्द्र पौडेलका विश्वास पात्र मानिन्थे ।

    तर, नेता गोविन्दराज जोशी र पौडेलको संघर्षमा रघुनाथ पौडेल कोपभाजनमा परेको र माथि उठन पनि उनै दुई नेताको संघर्ष बाधक बनेको नेताहरु बताउँछन् ।लामो समयदेखि राजनीतिमा रहेका बौद्धिक नेता रघुनाथले अहिले गण्डकी प्रदेशमा नेतृत्वको आकांक्षा राखेका छन् । पौडेल–कोइराला पक्षबाट कास्कीका पूर्वसभापति शुक्रराज शर्मा पनि आकांक्षी देखिएका छन् ।

    लुम्बिनी प्रदेशमा को को छन् आकांक्षी ?

    लुम्बिनी प्रदेशमा नवलपरासीका नेता देवेन्द्रराज कँडेल र रुपन्देहीका नेता भरत साह मुख्य आकांक्षीका रुपमा देखिएका छन् ।संस्थापन पक्षकै बर्दियाका किशोरसिंह राठौर पनि यो प्रदेशमा आकांक्षी हुन् । कँडेल पटक–पटक सांसद भएर मन्त्री भइसकेका व्यक्ति हुन् भने साह पनि पटक–पटक सांसद हुँदै अहिले सार्वजनिक लेखा समितिको नेतृत्व गरिरहेका छन् । राठौर भने कांग्रेस फुटेका बेला देउवा निकट नेविसंघको अध्यक्ष भएर चलाएका ‘लडाकु नेता’ मानिन्छन् ।
    लुम्बिनी प्रदेश सभापतिमा पौडेल पक्षबाट नेविसंघका पूर्वअध्यक्ष महेन्द्र शर्मा, रोल्पाका निवर्तमान सभापति अमरसिंह पुन तथा बर्दियाका सभापति संजय गौतम आकांक्षी छन् । रोल्पाका सभापति पुन र बर्दिया सभापति गौतम दुवै मन्त्री भइसकेका व्यक्ति हुन् । गौतम त आफ्नो क्षेत्रमा शक्तिशाली मानिएका नेता वामदेव गौतमलाई हराएर चर्चामा समेत आएका पात्र हुन् ।

    कर्णालीमा को को छन् आकांक्षी ?

    संस्थापन पक्षबाट कर्णाली प्रदेश सभापतिमा सबैभन्दा अगाडि देखिएका अकांक्षी हुन् राजीव विक्रम शाह । उनको आकांक्षा केन्द्रीय सहमहामन्त्रीमा भए पनि संस्थापनले केन्द्रमा मिलाउन सहज हुने र प्रदेशमा जित्न पनि सहज हुने निष्कर्ष निकाल्दै शाहलाई कर्णाली प्रदेश सभापति पदमा उठाउन लागेको हो । यसबाहेक संस्थापन पक्षबाट कालीबहादुर सहकारी, ललितजंग शाहसहितका व्यक्तिहरु पनि आकांक्षी छन् ।पौडेल–कोइराला पक्षबाट केन्द्रीय सदस्य हृदयराम थानी र तरूण दलका महासचिव भूपेन्द्रजंग शाहीसहितका नेताहरु दावेदार छन् । कर्णाली प्रदेशमा आशातित नतिजा नआएपछि थानीले केन्द्रतिरै लड्ने वा प्रदेशमा लड्ने निर्णय गरिसकेका छैनन् ।

    सुदूरपश्चिम प्रदेशमा को को छन् आकांक्षी ?

    सुदूरपश्चिम प्रदेशको सभापतिमा देउवा पक्षबाट सबैभन्दा बलियो दावेदारका रुपमा केन्द्रीय सदस्य वीरबहादुर बलायर देखिएका छन् । त्रिभुवन विश्वविद्यालयको नेविसंघ सभापति भएका बलाएर देउवा पक्षमा बलिया खम्बा मानिन्छन् । उनीसँगै संस्थापनबाट कैलालीका सभापति नरनारायण शाह, अछामका पसूर्वसभापति गोविन्दबहादुर शाहसहितका नेताहरु पनि अकांक्षीका रुपमा देखिएका छन् । तर, त्यहाँ देउवाले बलाएरका पक्षमा निर्णय गरे त्यो समूहका आकांक्षीहरु उनकै सहयोगमा लाग्ने देउवा निकट एक केन्द्रीय सदस्यको भनाई छ । पौडेल–कोइराला पक्षबाट भने पूर्वसांसद तथा वर्तमान प्रदेशसभा सदस्य भरतकुमार शाह मुख्य दावेदारका रुपमा देखिएका छन् । यो प्रदेशमा अन्य आकांक्षी देखिएका छैनन् । देउवासँग संघर्ष गरिरहेका कर्णबहादुर मल्ल टिमबाहिर निस्किएर प्रदेश सभापति दाबी गर्ने भने पनि उनीबाहेकको अधिवेशनलाई केन्द्रीय निर्वाचन समितिले मान्यता दिएपछि उनी महाधिवेशन प्रतिनिधि बन्ने नबन्ने नै अन्योलमा परेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका
  • पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै
  • बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड
  • अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    इरानमाथि आक्रमण गर्न अमेरिकी सेनालाई राष्ट्रपति ट्रम्पको स्वीकृति

    लागूऔषधसहित पोखराबाट चार जना पक्राउ

    राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्‍यो संसद वहिष्कार

    सांसद थापाले च्याते संसदभित्रै बजेट पुस्तिका

    सुरक्षित तथा पर्याप्त खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    News

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    News

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    News

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    News

    इरानको सरकारी टिभी ह्याक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑