वीरगंज | हाल नेपालको मौसममा अरब सागर र आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसका कारण हाल देशभर आंशिक बदली रहेको छ । महाशाखाका अनुसार मंगलबार दिउँसो पनि देशभर आंशिक बदली रहने छ।
यस्तै राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भूभागमा सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदली रहने छ । सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाको भनाइ छ ।