वीरगन्ज । लागुऔषध चरेससहित एक जना भारतीय वीरगन्ज बाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहारको मोतीहारी ८ नवकाटोलाका ६५ वर्षीय रामबालक साह रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रब्क्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले बताउनु भयो वीरगन्जबाट साइकलमा चरेस लिएर भारत रक्सौल जाँदै गरेका साहलाई प्रहरीले वीरगन्ज महानगरपालिका वडा नम्बर १६ शंकराचार्य प्रवेशद्वार नजिकबाट पक्राउ गरेको हो ।
प्रहरीले शंका लागेर शरीर खातलासी गर्दा उनको साथबाट ५ वटा प्याकेटमा रहेको २ किलो ५ सय ग्राम चरेस बरामद गरेको प्रहरी नायब उपरीक्षक खनालले बताए ।
उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर लागुऔषधसम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको खनालले बताए ।