वीरगञ्ज । अनिल सहनी निषाद । शुक्रबार शालोम माध्यमिक विद्यालयद्वारा खेलेर पढ्ने र पढाउने साथमा ज्ञानको ज्योति फैलाउने भावनाले आफ्नै प्राङ्गणमा विज्ञान, गणित, अङग्रेजी, समाजिक अध्यन र सामान्य ज्ञानको वृद्धि गराउने दृष्टिकोणले कक्षा पांच देखि कक्षा १० सम्म दुई समूह जुनियर र सिनियरमा बिभाजन गरि प्रधानाध्यापकको सभापतित्वमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ।
पांच विषयवाट दस दस वटा प्रश्न सोधिएको कार्यक्रममा सिनियरतर्फ निलो सदन प्रथम, पहेलो सदन द्वतिय र हरियो सदन तृतीय स्थान हासिल गरेको छ। त्यसैगरि जुनियरतर्फ पहेलो सदन प्रथम, निलो सदन द्वतिय र रातो सदन तृतीय भएको थियो।
कार्यक्रममा विजेताहरुलाई प्रमाणपत्र प्रदान गरि सम्मान गरिएको थियो भने कार्यक्रमको संचालन सामाजिक अध्यन शिक्षक अनिल सहनी निषादले गरेका थिए।