• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नारायणी किनारमा एमालेको शक्ति प्रदर्शन

  • वीरगंज संजाल
  • ११ मंसिर २०७८, शनिबार ०६:५४
  • २४९७

    चितवन | सत्ताच्युत र पार्टी विभाजनको दोब्बर चोट पुरिएको सन्देश दिँदै एमालेले १०औं राष्ट्रिय महाधिवेशनलाई शक्ति प्रदर्शनको उत्सव बनाएको छ। चितवनको नारायणी नदीकिनार शुक्रबार मानवसागरमय बनेको छ। महाधिवेशन उद्घाटन समारोह कुम्भमेलासरह देखिएको छ।

    नदी वारि–पारि र पुलबाट पनि हेर्न मिल्ने गरी भव्य मञ्च बनाइएको थियो। ठाउँठाउँमा राखिएका ठूलाठूला डिस्प्ले स्क्रिनका सहायताले सर्वसाधारणले नेताका मन्तव्य नियालेका थिए। मञ्चलाई देखिने ठाउँसम्मै टेकिनसक्नु भीड थियो। देशका विभिन्न ठाउँबाट लाखौं जनसमुदाय चितवन आएका थिए।

    त्यही भव्यताबीच अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन गरेका छन्। अध्यक्ष ओलीले रिमोट थिचेर झन्डोलोत्तन गरे– पार्टीको झन्डा, राष्ट्रिय झन्डा र सूर्य चिन्हको झन्डा।

    यस महाधिवेशनलाई एमालेले भव्य मात्र होइन, निकै व्यवस्थित बनाउने प्रयास गरेको देखिएको छ। महाधिवेशनस्थलमा हवाईजहाजबाट पुष्पवृष्टि गराइएको छ। समारोहस्थलमा विभिन्न जातजातिका झाँकी एवं नाचसहित सर्वसाधारण पुगेका थिए।

    नदीको पूर्व उद्घाटनस्थलबाट पुलसम्म सहभागी खचाखच थिए। भीडभाडका कारण दिनभर यातायात र आवागमन ठप्प थियो। साथै, एमालेले महाधिवेशनका अवसरमा चितवन र नवलपुरमा विशाल जनप्रदर्शन गरेको छ।

    प्रवक्ता प्रदीप ज्ञवालीले एमालेले भव्य र ऐतिहासिक रूपमा महाधिवेशन उद्घाटन गरेको बताए। महाधिवेशन उद्घाटनसत्र छोटो र व्यवस्थित पनि थियो। नेताहरूले लामो भाषण गरेनन्। अध्यक्ष ओलीले ५० मिनेट मात्रै सम्बोधन गरे।

    उद्घाटनसत्रमा मूल महाधिवेशन व्यवस्थापन समितिका संयोजक रामबहादुर थापा ‘बादल’ले स्वागत गरे। चितवन जिल्ला अध्यक्ष पार्वती रावलले समापन गरिन्। आठ नेताले बोले। ओलीको मन्तव्यअघि आठ मिनेटको वृत्तचित्र प्रदर्शन गरिएको थियो। त्यसमा अध्यक्ष ओलीको कार्यकालमा भएका कामको बेलिविस्तार लगाइएको थियो। नेतृत्वका लागि भएको यस महाधिवेशनमा एमालेले ओलीलाई पुनः निर्विकल्प नेताका रूपमा वृत्तचित्रमार्फत सन्देश दिएको छ।

    चुनाव केन्द्रित महाधिवेशन
    एमालेले यो महाधिवेशनलाई चुनावमा केन्द्रित गरेको झल्को दिएको छ। नेताहरूले अब निर्वाचनमा बहुमतसहित पुनः सत्तामा फर्किने उदघोष गरेका छन्। अध्यक्ष ओलीले महाधिवेशन उद्घाटनसत्रलाई सम्बोधन गर्दै निर्वाचन केन्द्रित हुन निर्देशन दिए। उनले आगामी तीनै तहको निर्वाचनमा लाग्न कार्यकर्तालाई आह्वानसमेत गरे। उनले अब आमनिर्वाचनमा बहुमत ल्याएर पुनः सत्तामा फर्किई विकास र समृद्धिका बाँकी काम पूरा गर्ने बताए।

    एमालेले यसअघि नै विधान महाधिवेशन गरेको थियो। जबजलाई मागदर्शक सिद्धान्तको रूपमा लिएको एमालेले नयाँ नेतृत्व चयनसँगै तीन महिनाका बीचमा दुई महाधिवेशन पूरा गर्दैछ।

    सद्भावपूर्ण शुभकामना
    महाधिवेशन उद्घाटनसत्रमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय प्रजातन्त्र पार्टी (राजपा) अध्यक्ष कमल थापा, माओवादी केन्द्रका स्थायी समिति सदस्य लीलामणि पोखरेल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सम्बोधन गरे।

    राप्रपा अध्यक्ष थापाले शुभकामना सन्देश दिँदै एमाले अध्यक्ष ओलीलाई राष्ट्रवादी नेताको संज्ञा दिए। पहिलो पटक नाकाबन्दीको सामना गरेर ओलीले राष्ट्रवादी नेताको छवि बनाएको भन्दै अध्यक्ष थापाले प्रशंसा गरे। भने, ‘लोकतन्त्रको आवरणमा देश सर्वसत्तावादतर्फ उन्मुख हुन लागेको छ।’

    उनले धर्म परिवर्तनबाट मुलुकको पहिचान समाप्त पार्न खोजिएको दाबी गरे। मुलुकमा बाह्य शक्तिहरूको चलखेल र प्रभाव बढ्दै गएको पनि उनले बताए।

    मधेसमा देखा परेको पृथकतावादी आन्दोलन र नेत्रविक्रम चन्द नेतृत्वको दलको आन्दोलनलाई स्थगन गर्न ओलीको नेतृत्वले काम गरेकोमा उनले प्रशंसा गरे। ‘उहाँकै नेतृत्वमा लिम्पियाधुरासमेत समेटेर नेपालले आफ्नो सीमा रक्षाका निमित्त प्रतिबद्धता व्यक्त गरेको छ। र नयाँ नक्सा बनाएर संविधानमा संस्थागत गरी नेपाल र नेपाली जनतालाई अविस्मरणीय गुन लगाउनु भएको छ’, उनले भने, ‘यही कारणले गर्दा यो महाधिवेशनबाट मैले साहसिक निर्णयको अपेक्षा गरेको छु। देशलाई संकटबाट जोगाउन र देश बचाउन तपाईंहरूलाई पूर्णरूपमा सफलता प्राप्त होस्।’

    जसपा अध्यक्ष यादवले एमालेले देश र जनताको पक्षमा आफूलाई उभ्याउनुपर्ने बताए। संविधानलाई अझ समावेशी र संघीयतालाई अझ प्रभावी बनाउन सबै राजनीतिक दलले योगदान गर्नुपर्ने अध्यक्ष यादवले उल्लेख गरे।

    ‘संविधानलाई अझ परिष्कृत बनाएर हामीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ बढी मजबुत बनाउन आवश्यक छ। त्यसका लागि एमालेको महाधिवेशन देश र जनताको पक्षमा उभियोस्’, उनले भने।

    जनमोर्चा अध्यक्ष केसीले संसद्, सरकार र न्यायपालिकामा जारी विवाद, अस्तव्यस्तताको जिम्मेवारी दलहरूले लिनुपर्ने बताए। देशअघि बढाउन दलहरू एकजुट हुनुको विकल्प नरहेको अध्यक्ष केसीले बताए। केसीले वर्तमान व्यवस्थाको जस लिने दलहरूले अव्यवस्थाको पनि जिम्मेवारी लिएर मिलेर अगाडि बढ्नुपर्ने बताए।

    दलहरूले एक-अर्कालाई अराजकताको जिम्मेवार भन्न नहुने उनको भनाइ थियो। राजनीति गर्ने व्यक्ति नसुध्रिए समस्या झन् बढ्ने उनले बताए।

    लोसपा अध्यक्ष ठाकुरले मधेसका मुद्दा सम्बोधन गर्न ओलीले प्रयास गरेको भन्दै प्रशंसा गरे। ‘ओलीले मधेसका विषयमा केही गर्नुभयो। अझै धेरै गर्न त बाँकी छ’, अध्यक्ष ठाकुरले भने, ‘उहाँले सद्भाव देखाउनुभएको हो। तर, त्यो पूरा हुन पाएनन्।’ मधेस आन्दोलनका २ सय ९३ मध्ये १ सय ३९ बन्दी ओलीले रिहा गरेको उनको भनाइ थियो।

    माओवादी स्थायी समिति सदस्य पोखरेलले कम्युनिस्ट आन्दोलनप्रति जनताको अझै विश्वास रहेको बताए। ‘एकता, संघर्ष र सहकार्य संस्कृतिको साझा प्रयास सबैको रहने हो भने मुलुकले नयाँ कोल्टे फेर्न सक्छ’, नेता पोखरेलले भने, ‘समाजवादी क्रान्तिले नयाँ दिशा पक्रन सक्छ।’

    विदेशबाट आएका कम्युनिस्ट पार्टीका नेताले भने शनिबार बन्दसत्रमा सम्बोधन गर्ने कार्यक्रम छ।

    ओली–देउवा ५ महिनापछि आमनेसामने 
    ओली र देउवाबीच पाँच महिनापछि चितवनमा भेट भएको छ। प्रधानमन्त्रीबाट ओलीको बहिर्गमनपछि दुई नेताबीच भेट भएको थिएन। प्रधानमन्त्री देउवाले सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीमार्फत पटक–पटक ओलीलाई सन्देश पठाएका थिए।

    सर्वोच्च अदालतको परमादेशले २०७८ असार २९ गते ओली सत्ताबाट बाहिरएका थिए भने देउवा प्रधानमन्त्री भएका थिए। ओली प्रधानमन्त्री भएदेखि दोस्रो पटक प्रतिनिधिसभा विघटन गर्दासम्म देउवा र ओलीको सम्बन्ध सुमधुर नै थियो। ओलीले प्रथम पटक २०७७ पुस ५ मा प्रतिनिधिसभा विघटन गर्दा देउवाले त्यसको खासै विरोध गरेका थिएनन्।

    किन आएनन् दाहाल ? 
    माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल एमालेको १०औं महाधिवेशन उद्घाटनसत्रमा अनुपस्थित भएका छन्। महाधिवेशन ठूलो पर्व भएकाले अन्य दलका शीर्ष नेता शुभकामना दिन जाने गर्छन्। दाहाल भने एमालेको निम्ता पाएर पनि नगएका हुन्। एमालेले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई निम्तो नै गरेको थिएन। नेपालले एमाले विभाजन गरी केही महिनाअघि नयाँ पार्टी गठन गरेका हुन्। उनलाई नबोलाउने घोषणा एमालेले थियो। तर, दाहालले आतिथ्य किन अस्वीकार गरे ?

    दाहालसँग एमाले अध्यक्ष केपी शर्मा ओलीको सम्बन्ध सुमधुर बन्न सकेको छैन। यी दुई दल मिलेर नेकपा गठन भएको थियो। त्यस बेला दाहाल र नेपाल एकातिर अनि ओली अर्कातिर रहे। नेकपामा चर्को विवादका कारण एकता भंग भयो। एमाले र माओवादी ब्युँतिए। अन्ततः नेपालले पनि पार्टी विभाजन गरे।

    त्यही ‘प्रतिशोधस्वरूप’ एमालेले दाहालको गृहजिल्ला चितवनलाई महाधिवेशनस्थल चयन गरेको माओवादी नेताहरूको ठम्याइँ छ। दाहालको प्रभाव रहेको भनिएको जिल्लामा ओलीले महाधिवेशन गरेर शक्ति प्रदर्शन गरेका छन्। उद्घाटनसत्रमा दाहालको अनुपस्थितिलाई धेरैले ‘राजनीतिक सद्भाव अभाव’का रूपमा टिप्पणी गरेका छन्।

    ‘५ लाखभन्दा बढी सहभागी’
    एमालेको महाधिवेशन उद्घाटनसत्रका दिन चितवन व्यस्त बन्यो। नारायणी नदीकिनारमा उद्घाटनसत्र चलिरहँदा सहभागीको ओहोरदोहोर भइरह्यो। भरतपुरको केन्द्रीय बस टर्मिनल, विशाल चोकमा सवारी पार्किङ गरिएको थियो। ५ लाखभन्दा बढी सहभागी भएको एमाले जिल्ला अध्यक्ष पार्वती रावलले बताइन्। रावलका अनुसार प्रदेश नम्बर २, बागमती र गण्डकीबाट बढी सहभागी छन्।

    ‘जिम्मेवारी लिएपछि कमजोरी नहोस् भन्ने हुन्छ। हरेक दृष्टिकोणबाट कमजोरीरहित बनाउन सबैलाई समन्वय गरेका थियौं’, रावलले भनिन्, ‘सबैको सद्भाव र सहयोगले व्यवस्थापन सफल भएको अनुभूति भएको छ।’

    महाधिवेशनका लागि झन्डै १५ सय सुरक्षाकर्मी परिचालित भए। अति विशिष्ट पाहुनाको आगमनका कारण जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको थियो। करिब ६ किलोमिटर सडक सहभागीले भरिएको थियो। जिल्ला प्रशासन कार्यालयबाट तीन किलोमिटर दूरीमा रहेको पुल्चोकसम्म सहभागीको ओइरो थियो।

    प्रमुख जिल्ला अधिकारी अश्मान तामाङले सुरक्षाका हिसाबले सफल भएको बताए। ‘ठूलो संख्याको उपस्थितिमा पनि केही दुर्घटना भएन। सबैलाई शान्तिपूर्वक तरिकाबाट फर्कने वातावरण तयार भयो’, तामाङले भने, ‘सुरक्षाका दृष्टिले कार्यक्रम सफल भएको ठानेका छौं।’

    उद्घाटनसत्र सकिएपछि प्रतिनिधिलाई सौराहामा लगिएको छ। निजी सवारी नभएकाहरूलाई २० वटा बसले सौराहा लगेको थियो। २ हजार १ सय ७५ प्रतिनिधि सौराहामा छन्। त्यस्तै १ सय ३ पर्यवेक्षक छन्। प्रतिनिधिबाहेक सहभागी अधिकांश शुक्रबार साँझै घर फर्किएका छन्। आफ्ना पक्षका उम्मेदवारलाई जिताउन लागेका समर्थकहरू भने चितवनमै बसेका छन्।

    महाधिवेशनका कारण चितवनका सबै होटल भरिभराउ छन्। सौराहासहित नारायणगढ, मेघौली, जगतपुरका होटलसमेत भरिएका छन्। सौराहामै बन्दसत्र चल्नेछ। एमालेको नयाँ नेतृत्व यही मंसिर १३ गते पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने ओलीले महाधिवेशन उद्घाटनका क्रममा बताए।
    ०००

    ‘सर्वसम्मति जुटाउन’ पदाधिकारीदेखि सदस्यसम्म थप
    एमालेले १०औं महाधिवेशनका दौरान एमालेले विधान संशोधन गरेको छ। केन्द्रीय कमिटीको अन्तिम बैठकले पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म थप गरेको छ। यससँगै सर्वसम्मत नेतृत्व चयनको बाटो तय भएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए।

    नयाँ व्यवस्थाअनुसार अब केन्द्रीय कमिटी ३ सय १ सदस्यीय हुने भएको छ। यसअघि २ सय २५ सदस्यीय केन्द्रीय कमिटीको व्यवस्था गरिएको थियो। विधान महाधिवेशनबाट हटाइएको पोलिटब्युरोसमेत राखिएको छ। पोलिटब्युरो ९९ सदस्यीय हुने भएको छ।

    शुक्रबार बसेको बैठकले पदाधिकारी थप गर्ने निर्णय गरेको छ। १५ सदस्यीय पदाधिकारीलाई १९ सदस्यीय बनाइएको हो। उपाध्यक्ष र उपमहासचिव थप गरिएको छ। अब वरिष्ठसहित सात उपाध्यक्ष हुनेछन्। पहिला वरिष्ठसहित पाँच उपाध्यक्षको व्यवस्था थियो। उपमहासचिव दुई जना थपिएको छ।

    पहिला एक मात्रै उपमहासचिवको व्यवस्था थियो। स्थायी कमिटी भने यथावत् राखिएको छ। विधान महाधिवेशनबाट ४५ सदस्यीय स्थायी कमिटीको व्यवस्था गरिएको थियो। अनुशासन आयोग र लेखा आयोग २५ सदस्यीय बनाउने निर्णय भएको सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए। अध्यक्ष केपी शर्मा ओलीले बैठकमा विधान संशोधनको प्रस्ताव गरेका थिए। उक्त प्रस्ताव बैठकले सर्वसम्मत ढंगबाट पारित गरेको केन्द्रीय सदस्य नीरज आचार्यले बताए।

    बैठकले विधानको एउटा धारासमेत खारेज गरेको छ। एउटा पदमा दुईपटक भन्दा बढी उम्मेदवार हुन पाउने व्यवस्था हटाएको हो। यो व्यवस्थाबाट ठूलो संख्यामा नेताहरू बाहिरिने भएपछि केन्द्रीय सदस्यको मागबमोजिम खारेज गरिएको जनाइएको छ।

    पदाधिकारीसहित केन्द्रीय सदस्य थप गरिएकाले अब कोकसलाई कुन पदमा राख्ने भन्ने विषय निर्णय भइसकेको छैन्। ‘यो निर्णयले एमालेको महाधिवेशन सर्वसम्मत ढंगबाट सम्पन्न हुने बाटो तय भयो’, आचार्यले भने। यो निर्णय महाधिवेशनले अनुमोदन गर्नुपर्ने अर्का नेता लक्ष्मण ज्ञवालीले बताए।

    अध्यक्ष-१
    वरिष्ठ उपाध्यक्ष-१
    उपाध्यक्ष-६
    महासचिव-१
    उपमहासचिव-३
    सचिव-७
    केन्द्रीय कमिटी-३०१
    पोलिटब्युरो-९९
    पदाधिकारी-१९

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु
  • आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान
  • वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता
  • खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    News

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    News

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    News

    १३ लाख बढी मूल्यको काजु बरामद

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑