विरगंज | नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा ३०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ८ हजार ९ सय ९ जनामा गरिएको परीक्षणमा सो संख्यामा कोरोना पुष्टि भएको हो ।
त्यस्तै, आज कोरोनाबाट ३ जनाले ज्यान गुमाएका छन् । योसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ५१६ पुगेको छ ।
त्यस्तै आज २ सय ९८ संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख १ हजार ४२० पुगेको छ । हाल देशभर कोरोनाको सक्रिय संक्रमित संख्या ७ हजार ३ सय ४९ रहेको छ ।