वीरगंज । सर्वोच्च अदालतमा मंसिर १५ गतेदेखि गोला प्रथाबाट इजलास गठन गर्ने सहमति भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराबाहेकका अरु न्यायाधीशहरुको बुधबार भएको छलफलले मंसिर १५ गतेदेखि गोला प्रथाबाट इजलास तोक्ने समझदारी गरेको एक न्यायाधीशले जानकारी दिए ।
गोला प्रथाबाट इजलास तोक्ने निर्णय गर्न बिहीबार पूर्ण बैठक ( फूल कोर्ट) बोलाइएको छ । यसअघि सर्वोच्च अदालतको पूर्ण बैठकले गोला प्रथाबाट इजलास तोक्न सक्ने गरी सर्वोच्च अदालत नियमावली संशोधन गरेको थियो ।
संशोधित नियमावली राजपत्रमा प्रकाशित भइसकेको छ । यसअघि सर्वोच्च अदालतमा प्रधानन्यायाधीशले इजलास गठन र मुद्दाको पेशी तोक्ने गरेका थिए ।