रौतहट | रौतहट जिल्लकाको सदरमुकाम गौर नगरपालिकामा अख्तियर दुरुपयोग अनुसंधानको टोलिले छानबिन गरेको छ ।आयोगको टोलिले सो नगरपालिकाको केहि आवश्यक कागजातहरु चेक जाँच मात्र गरेको हो ।
त्यस पालिकाका योजनाहरुमा व्यापक अनियमितता भएको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसंधान आयोग बर्दिवासको टोलिले झण्डै एक घन्टा सम्म फाइलहरु जाँच गरेको थियो ।
गौर २ को शिवालय मन्दिर निर्माण र गौर ५ मा निर्माणाधीन कलाकुन्ज पुस्तकालयमा आर्थिक हिनामिना भएको लगायतका बिषयमा आयोगमा परेको उजुरीलाई अनुसन्धानका लागि बर्दिबासको टोलि गौर पुगेको जानकारी दिएको छ ।