• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    डाटा चोरी’का विषयमा काउन्सिलले सार्वजनिक गर्यो आधिकारिक धारणा, नाम मुछिएका उम्मेदवारका विषयमा मौन

  • वीरगंज संजाल
  • ७ मंसिर २०७८, मंगलवार १६:२६
  • २३९७

    काठमाडौं । नेपाल मेडिकल काउन्सिलले निर्वाचनका समयमा काउन्सिलका चिकित्सकहरुको विवरण चोरी भएको र दुरुपयोय भएको भन्ने आरोपका विषयमा आधिकारिक धारणा सार्वजनिक गरेको छ। तर काउन्सिलले उक्त विषयमा आरोप लगाइएका व्यक्तिका विषयमा भने केही पनि बोलेको छैन।

    काउन्सिलले दर्तावाल चिकित्सकको नम्बर र विवरण कतै सेयर नभएको र गोप्य रहेको बताए पनि विगतमा एक आइटी कम्पनीको फोन म्यासेज सेवा लिने क्रममा काउन्सिलले ३७८८८ नम्बर प्राप्त गरेको भने स्वीकार गरेको छ। निर्वाचनका क्रममा काउन्सिलले विगतमा प्राप्त गरेको सोही नम्बर र सोही आइटी कम्पनीबाट डा कालुसिंह खत्री र डा तोसिमा कार्कीले मतदातामा म्यासेज गरेका छन्।

    यो विषयमा भने काउन्सिल मौन बसेको छ। काउन्सिलले एसएमएस प्रकरणमा फोन नम्बरहरुको विवरण कसरी प्रवाह भएको थियो भन्ने विषय लगायतका विषयमा थप जानकारी प्राप्त गर्नका लागि सूचना तथा संचार प्रविधि केन्द्र, इन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोक, ललितपुरलाई अनुरोध भने गरेको जनाएको छ।

    काउन्सिलले आइटी कम्पनीको नाम समेत लुकाएको छ। काउन्सिलले उक्त आइटी कम्पनीको नाम लुकाए पनि काउन्सिलका एक सदस्यले दिएको जानकारी अनुसार उक्त आइटी कम्पनीको नाम सिरान टेक्नोलोजीज प्राली हो। यही कम्पनीले नै काउन्सिलको वेभसाइटको काम पनि गर्दै आएको छ। काउन्सिलको विवरण चोरी लगायतका विषय बाहिर आएपछि काउन्सिलको वेभसाइट समेत सोमबार रातीदेखि मंगलबार बिहानसम्म डाउन थियो। चिकित्सकहरुले यसलाई अर्थपूर्ण हिसाबले हेरेका छन्।

    यस्तो छ काउन्सिलले सार्वजनिक गरेको धारणा
    हालै केही अनलाइन पत्रिका तथा सामाजिक संजालमा नेपाल मेडिकल काउन्सिलले प्रयोग गर्ने गरेको एसएमएस प्रणालीबाट हजारौं व्यक्तिहरुलाई काउन्सिलका (पूर्व)पदाधिकारी संलग्न भै व्यक्तिगत प्रकृतिका सूचना (म्यासेज) गएको भन्ने व्यहोरा सार्वजनिक भएको सूचना प्रति नेमेकाको गम्भिर ध्यानाकर्षण भएको छ। प्रारम्भिक अनुसन्धानका आधारमा बुझ्दै जाँदा काउन्सिलमा दर्ताभएका चिकित्सकहरूलाई छोटो सूचना पठाउनका लागि विगतमा एक आइटी कम्पनीको फोन म्यासेज सेवा लिएको र सोही कम्पनी द्वारा एसएमएस म्यासेज तथा सूचना प्रवाहमा कोड नम्बर नम्बर ३७८८८ प्रयोग भएको तर सो नम्बर ने.मे.का.को लागि मात्र नभएर अन्य प्रयोजनका लागि समेत प्रयोग भएको पाइयो। दर्तावाल चिकित्सकहरुका कुनै विवरण वा कागजात कतै सेयर नभएको र पूर्णरुपमा गोप्य रहेको स्पष्ट गरिन्छ।

    सोही एसएमएस प्रकरणमा फोन नम्बरहरुको विवरण कसरी प्रवाह भएको थियो भन्ने विषय लगायतका विषयमा थप जानकारी प्राप्त गर्नका लागि सूचना तथा संचार प्रविधि केन्द्र, इन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोक, ललितपुरलाई अनुरोध गरिएको छ। साथै नेपाल मेडिकल काउन्सिलको २०७८ मंसिर ५ गतेको आकस्मिक पूर्णबैठकले काउन्सिलमा रहने दर्तावाल चिकित्सकका व्यक्तिगत विवरणको सुरक्षा तथा उचित व्यवस्थापनका लागि के कसो व्यवस्था हुन उपयुक्त हुन्छ सुझाव प्रदान गर्न समेत सूचना तथा संचार प्रविधि केन्द्र, इन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोक, ललितपुरलाई अनुरोध गर्ने र सोही आधारमा पदाधिकारी तथा कर्मचारीहरू पदमा रहँदा वा नरहँदा पालना गर्नुपर्ने अचारसंहिता सहित दीर्धकालीन प्राविधिक तथा प्रशासनिक व्यवस्था सहितको एक कार्यविधि तयार पारी कडाइका साथ लागु गर्ने निर्णय गरेको व्यहोरा सबैलाई जानकारी गराइन्छ।

     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑