वीरगज । जनता समाजवादी पार्टी केन्द्रि अध्यक्ष उपेन्द्र यादवका पुत्र अमरेन्द्र यादवले पार्टी निति र निणर्य बिरुद्ध असन्तुष्टि जनाएका छन् ।संघीय सरकारमा पार्टीबाट मन्त्री पठाउने विषयमा असंतुष्ट रहेका पर्साबाट निर्वाचित सांसद प्रदिप यादवलाई स्पष्टिकरण सोधिएको विषयमा अमरेन्द्रले समामाजिक संजालमा स्टेटस्ट लेखिदै मुख खोलेका छन । पार्टी नेतृत्वले अहिले सुधार गरेन भनने सबैलाई निकालेर एकलो पार्टी चलाउने प्रबृती तत्काल रोक्नु पर्ने माग गरेका छन ।
उनले पार्टी निणर्यको बिरोध गरेकै भरमा कार्यवाही गर्नु उचित नभएको बताएका छन् ।
सामाजिक संजालमा आफनो प्रतिक्रिया लेख्दै अमरेन्द्रले आन्दोलनबाट स्थापित पार्टीको निणर्य बिरुद्ध आवाज उठाउने नेतामाथी कार्यवाहीको प्रक्रिया चालिनु ठिक नभएको लेखेका छन ।
‘जनताबाट प्रत्यक्ष रुपा निवार्चित संगठन निर्माणमा अब्बल, अहिले प्राप्त पर्सा जिल्लाको चुनाव बिजय नेतृत्वकर्ता प्रदीप यादवजीलाई पार्टीले कार्यवाही गर्छु भन्नु विडम्बना पुणर् निणर्य, अमरेन्द्रले भनेका छन- ‘हरेक पार्टीमा हरेक ब्यक्तिको आ-आफनो समर्थक हुन्छन, समर्थकले नेताको पक्षमा आन्दोलन नारा जुलुस गर्दैमा कार्यवाही गर्छु भन्नू गलत हो, यसले पार्टीलाई शक्तिशाली होइन शक्तिहीन बनाउने काम गर्छ ।
जसपाबाट मन्त्री बन्ने लिष्टमा अग्रपंतिमा रहेका सांसद प्रदिप यादवलाई उपेन्द्र यादवको एकल निणर्यमा मन्त्री बनाईएको थिईएन ।
अध्यक्षको एकल निणर्को बिरुद्धमा सांसद यादवका समर्थकहरुले बिरगञ्जदेखि काठमाडौंसम्म उपेन्द्र यादवको बिरोध गर्नेदेखि पुतला दहनसम्म गरेका थिए ।
मन्त्री पद नपाउंदा आफनो असंतुष्टि जनाएका पर्साका सांसद यादवलाई उपेन्द्र पुत्र अमरेन्द्रले सा ेबेला समेत सांथ दिएका थिए ।
पार्टीलाई मजबुत बनाउने युवा नेताहरुलाई सरकारमा समावेश नगराई अवसरवादी र समानुपातिकहरुलाई मन्त्री बनाएको भन्दै अमरेन्द्रले आफनो बिरोध जनाएका थिए ।
कालापानी, लिपुलेक र लिम्पियाधुराको बिषयमा बोलेकि तत्कालिन जसपाकि सांसद सरिता गिरिलाई पनि उरुलाई रिझाउनकै लागि भनेर कार्यवाही गरिनु पनि पार्टीको भुल भएको अमरेन्द्रले बताएका छन् ।
‘हिजो अरुलाई रिझाउन सरिता गिरी माथी गरिएको कारवाहीको पनी बिरोध गरेको अमरेन्द्रले भने- ‘न लिम्पियाधुरा फर्कियो नप्रदीपजीलाई कारवाही गरी संगठनमा मनोबल आउंछ ।
जसपा केन्द्रीय कार्यकारिणि समितिको हिजोदेखि काठमाडौंमा बैठक चन्दैछ । विभिन्न बिषयबस्तु सहित सांसद प्रदिप यादवबारे समेत निणर्य हुने बुझिएको छ । आज आएको उपेन्द्रपुत्रको धारणाले कारवाहीबारे थप छलफल हुने निश्चित रहेकोको जसपाका नेताहरु बताउंछन् ।
सांसद यादवलाई मन्त्री नबनाएको भन्दै उनका समर्थकहरुले पार्टी र पार्टी अध्यक्ष बिरुद्ध प्रदर्शन गरेपछि जसपाले सांसद यादवलाई ६ दिने स्पिष्टकरण सोधेको थियो । सांसद यादवले स्पष्टिकरण पत्रको जवाफ पठाईसकेका छन् ।