वीरगंज | सेनाले कू गरेर सत्ताबाट हटाइएका सुडानका प्रधानमन्त्री अब्दल्ला हाम्दोक पुनः शक्तिमा आएका छन्।सेनासँग भएको शक्ति बाँडफाँड सम्बन्धी सहमतिपछि प्रधानमन्त्री अब्दल्ला पुनः सत्तामा आएका हुन् । उनले टेलिभिजनमा शक्ति बाँडफाँड सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको देखाइएको थियो ।
सहमतिमा सैनिक कू गर्ने नेता सैनिक जनरल अब्देल फातह अल–बुर्हानले पनि हस्ताक्षर गरेका छन्।तर नागरिक गठबन्धनले दुई वर्ष पहिले प्रधानमन्त्रीका रुपमा चयन गरेका हाम्दोकले शक्ति बाँडफाँड सम्बन्धी कुनै पनि नयाँ सम्झौतालाई औपचारिक रुपमा स्वीकार भने गरेका छैनन् ।
हाम्दोकको टाउकोमा बन्दुक तेर्साएर सहमतिमा हस्ताक्षर गर्न लगाइएको दाबी उनका प्रवक्ताले बताएका छन् ।