पर्सा | रामजी यादव | पर्साको बहुदरमाई नगरपालिका वडानं.२ पिपारामा अवस्थित रहेको बहुदरामाईको मंन्दिरमा माता संग दर्शन गर्न भक्तजनहरु घुईचो लाग्न गरेको छ। बहुदरामाईको मेला कार्तिक पूर्नवासी देखि ५ दिन सम्म लाघ्ने गछ’।पिपाराको बहुदरमाई मेलामा खेल ,तमासा,दंगल कुस्ती प्रतियोगिता,बहुदरमाई रमाईलो मेला,झुलुवा,नाच,गरि थुप्रै खेल को आयोजना बहुदरमाई मेला समितीले गरेको आयोजकले जनाएको छ।
दंगल कुस्ती प्रतियोगितामा नेपाल र भारतका चर्चित पहलवानहरुको सहभागिता रहेको थियो।नेपालका पहलवान मध्ये हरिहर थापा,बसन्त थापा,सुनील साह,बागड यादव,मुकेश ठाकुर,लगायतको सहभागिता थियो।
बहुदरमाई नगरपालिकाको सहयोगमा कुस्ती प्रतियोगिताको आयोजना भएको थियो।प्रसिद्ध बहुदरामाईको मेला हेर्न र दर्शन गर्न छिमेकी मुलुक भारत सम्मका श्रद्धालु भक्तजनहरुको भिड लागेको थियो।प्रत्येक बर्षको कार्तिक पूर्नवासी देखि पाँच दिन बहुदरामाई मेला काल्पनिक माताको आस्था प्रतिको भक्तजनहरुको बिश्वास रहेको छ।बहुदरामाईको नामले प्रख्यात रहेको बहुदरमाई नगरपालिकाको नाम जोडिएको बताईएको छ।