भारत । भारत पञ्जाबको पठानकोटमा भारतीय सेनाको क्याम्पको गेटमा बम बिस्फोट भएको छ। क्याम्पको त्रिवेणी गेटमा ग्रेनेड बिस्फोट भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
घटनापछि पठानकोटका सबै क्षेत्रमा सतर्कता जारी गरिएको छ। आइतबार अबेर राति भएको बिस्फोटमा मानवीय क्षति नभएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
बिस्फोट भएको क्षेत्रको सिसिटिभी फुटेजको जाँच गरी आक्रमणकारीको पहिचान गर्ने प्रयास भइरहेको छ।