वीरगन्ज । शिखर इन्सुरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद नाफा ९.२८% सुधार गरी १३ करोड ३६ लाख ५२ हजार रुपैयाँ कमाएको छ । गत वर्ष यसै अवधिमा भने १२ करोड २३ लाख २ हजार रुपैयाँ खुद नाफा गरेको थियो । कम्पनीको खुद बिमा शुल्क आर्जन २.५३% ले बढेर ४४ करोड ५० लाख ३८ हजार रुपैयाँ पुगेको छ । जीवन बिमा कोषको आकार पनि २१.७७% ले बढेको छ ।
शिखरको चुक्ता पुँजी २७.९४% ले बढेको छ । कम्पनीले ३०% हकप्रद सेयर बिक्री गरर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । उक्त हकप्रद बिक्री भएमा ५२ करोड रुपैयाँ भन्दा बढीले पुँजी वृद्धि हुनेछ । रिजर्भ कोष भने २८.८२% ले घटेको छ । शिखरको प्रतिसेयर आम्दानी पनि ५ रुपैयाँ १० पैसाले घटेर ३० रुपैयाँ ४० पैसामा सीमित भएको छ ।