वीरगंज | प्रधानन्यायाधिशकाे चोलेन्द्र शमशेर राणाको राजिनामा माग गर्दै पर्साका कानुन ब्यवसायीहरू पनि आन्दोलनमा उत्रिएका छन् ।न्यायालयभित्रको न्यायिक शुद्धीकरणको माग गर्दै उच्च अदालत बार एसोसिएशन बीरगन्जमा पनि धर्नामा बसेका हुन ।
बार एसोसिएशनका अध्यक्ष प्रमोदप्रसाद साहको अगुवाइमा कानुन व्यवसायी उच्च अदालत जनकपुरको अस्थायी इजलास बीरगन्जको मूल गेटमा धर्नामा बसेका हुन्।
अदालतको गेटमा बसेका उनीहरूले तीन दिनसम्म धर्नालाई निरन्तरता दिने बताएका छन्। ‘नेपाल बार एसोसिएशन केन्द्रको सर्कुलरअनुसार मुलुकभरका अदालतमा झैँ हामी पनि ११ बजेबाट १२ बजेसम्म तीन दिन धर्नामा बस्नेछौं’, अध्यक्ष साहले भने।