• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    गाँजा खुला गर्न कानुन संशोधन गर्दैछौं- स्वास्थ्यमन्त्री

  • वीरगंज संजाल
  • २६ कार्तिक २०७८, शुक्रबार १८:१९
  • २११७

    वीरगंज | स्वास्थ्यमन्त्री विरोध खतिवडाले औषधिजन्य प्रयोग र नगदे बालीका रूपमा गाँजा उत्पादनलाई सहजीकरण गर्ने गरी कानुन संशोधन गर्ने तयारी भइरहेको बताएका छन्।

    गाँजालाई वैधानिक रूपले खुला गर्नुपर्छ भन्दै लामो समयदेखि वकालत गर्दै आएका स्वास्थ्यमन्त्री खतिवडाले अहिले भइरहेको कानुनमा एक-दुईवटा दफा संशोधन गरेर गाँजालाई लागुऔषधको श्रेणीबाट हटाउने जानकारी दिए।

    ‘नयाँ कानुन बनाउने होइन, अहिले भइरहेको कानुनमा एक-दुईवटा दफा संशोधन गर्ने हो,’ उनले सेतोपाटीसँग भने, ‘गाँजालाई लागुऔषध भनिएको ठाउँमा त्यसलाई संशोधन गरेर औषधिजन्य प्रयोजनका लागि र नगदे बालीका रूपमा व्यापार वा उत्पादन सहजीकरण गर्ने गरी कानुनमा संशोधन गर्ने हो।’

    अहिलेसम्म यो संशोधन प्रक्रिया पूरा भइसक्नुपर्नेमा विभिन्न राजनीतिक समस्याका कारण दलहरूबीच गम्भीर छलफल गर्न नपाएको र संसद बैठकसमेत अवरूद्ध रहेकाले ढिलाइ भइरहेको उनले बताए।

    नेपालमा गाँजा खुलाउनुपर्ने विषयले पहिलोपटक संसदमा २०७५ फागुनमा प्रवेश पाएको थियो। प्रतिनिधिसभा बैठकमा तत्कालीन सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ४६ सांसदले गाँजा ‘वैधानिक’ बनाउन सार्वजनिक महत्त्वको प्रस्ताव पेस गरेका थिए।

    यसबारे पहिलो कुरा उठाउने खतिवडा नै हुन्। बैठकमा बोल्न दिइएको तीन मिनेट समयमा उनले विदेशमा धमाधम गाँजा खुला भइरहेका बेला नेपालले समयमै यसबारे पहल गर्नुपर्ने बताएका थिए।

    अहिले आफू स्वास्थ्यमन्त्रीका रूपमा आएपछि उनी औषधिजन्य प्रयोग निम्ति गाँजालाई वैधानिक रूपले खुला गर्न कानुन संशोधनको तयारीमा छन्।

    ‘पछिल्लो समय कहिले गठबन्धनको समस्या, कहिले पार्टीको समस्या, कहिले प्रमुख प्रतिपक्षले सदन नै चल्न नदिने अवस्था रह्यो। यस्ता विधेयकहरू अघि बढ्ने संसदबाटै हो। संसद नै चल्न नसकेपछि हामीले गम्भीर ढंगले छलफल गर्ने अवसर पाएका छैनौं,’ उनले भने।

    अहिलेसम्म भएका छलफलका आधारमा संसदमा प्रतिनिधित्व गर्ने दलहरू कोही पनि यसविरूद्ध नउभिएको उनले बताए। लिखित वा कानुनी रूपमा सबैको सहमति पारित नभए पनि सबै यसमा एक हदसम्म सहमत भइसकेको उनको भनाइ छ।

    ‘यसलाई अब विधिसम्मत ढंगले वैधानिकता दिन मात्र बाँकी छ। अहिले भएको कानुनमा केही प्रावधान संशोधन गरेर संसदबाट पारित गराउने प्रक्रियासम्म बाँकी हो,’ उनले भने।

    गाँजा भनेको लागुऔषध होइन, यो औषधिजन्य बिरूवा हो भनेर नेपालले संयुक्त राष्ट्रसंघमा मतदानसमेत गरिसकेको स्वास्थ्यमन्त्री खतिवडाले जानकारी दिए। राष्ट्रसंघले पहिले यसलाई अफिम, चरेस सरह लागुऔषध वर्गमा राखेको थियो। अहिले त्यसबाट हटाएर औषधिजन्य बिरूवाको वर्गमा राखिसकेको उनले बताए।

    ‘राष्ट्रसंघको यस्तो कदमपछि नेपाललाई पनि अगाडि बढ्न सजिलो भएको छ,’ उनले भने, ‘मैले जति बेला यो विषय उठाएको थिएँ, राष्ट्रसंघले यसलाई लागुऔषधबाट हटाइसकेको थिएन। त्यो बेलाभन्दा अहिले स्थिति सहज भएको छ।संसद बस्ने र देशको राजनीतिक वातावरण अलि सहज हुनेबित्तिकै कानुन संशोधन प्रक्रिया अगाडि बढ्छ।’

    एकचोटि गाँजालाई औषधिजन्य प्रयोग र नगदे बालीका रूपमा उत्पादन गर्न अनुमति दिइसकेपछि यसलाई कसरी व्यवस्थित गर्ने भन्नेबारे छलफल हुने उनले बताए।

    ‘नियमावलीमा के राख्ने, कसरी नियमन र अनुगमन गर्ने, दुरूपयोग हुनबाट कसरी जोगाउने जस्ता नियन्त्रण र निगरानीका क्षेत्रमा हामी त्यसपछि छलफल गर्छौं,’ स्वास्थ्यमन्त्री खतिवडाले भने।

    विभिन्न वैज्ञानिक अनुसन्धानले गाँजा औषधिका रूपमा प्रयोग गर्न सकिन्छ भन्ने पुष्टि गरेको छ। यही अनुसन्धानका आधारमा गाँजा सेवनलाई कानुनी मान्यता दिने पहिलो देश उरुग्वे हो। त्यसयता अमेरिकाका विभिन्न राज्य, क्यानडा र केही युरोपेली देशले औषधिजन्य प्रयोग निम्ति गाँजा खुला गरेको छ।

    नेपालमा गाँजा उत्पादन र बिक्री इतिहास लामो छ। तराईका बारा, पर्सा, सिरहा, धनुषा, महोत्तरी तथा मध्य र पश्चिमका पहाडी जिल्लामा नगदे बालीका रूपमा गाँजा उत्पादन हुन्थ्यो।

    दोस्रो विश्वयुद्धकै समयदेखि नेपाली गाँजा भारत र अन्य देशमा ब्रान्डका रूपमा स्थापित भएको मानिन्छ। ‘हिप्पी’ युगको सुरूआतसँगै काठमाडौंमा गाँजा खान ‘गोरा साधु’ हरूको घुइँचो लाग्न थालेको थियो। त्यति बेला यहाँ ३० वटा जति गाँजा र चरेस केन्द्र खुलेका थिए। विदेशीहरू स्वतन्त्र रूपमा ‘ब्रान्डेड’ गाँजा खान असन र न्यूरोडका पसल आइपुग्थे।

    यसको बढ्दो व्यापारसँगै सरकारले सन् १९६१ मा लागुऔषध ऐन जारी गर्‍यो। लगत्तै अर्को वर्ष उत्पादन, बिक्री तथा आयात/निर्यातमा अनुमतिपत्र लिनुपर्ने नियम बनायो।

    गाँजा नेपालको राजस्वमा ठूलो हिस्सा ओगट्ने व्यवसाय हुँदै गर्दा समयले कोल्टे फेर्‍यो। राष्ट्रसंघबाट दबाब आएपछि सरकारले गाँजा उत्पादन र किनबेचविरुद्ध सन् १९७३ जुलाई १६ देखि धरपकड थाल्यो।

    त्यस बेला राष्ट्रसंघको ‘नार्कोटिक्स कन्ट्रोल बोर्ड’ ले गाँजालाई हिरोइनजस्तो कडा लागुपदार्थको दर्जामा राखेको थियो। आफ्नो नीतिअनुसार गाँजा प्रतिबन्ध लगाउन सहयोग नगरेको भन्दै राष्ट्रसंघले नेपालको चर्को आलोचना गर्‍यो। एसिया र पश्चिमी देशमा अझै प्रतिबन्धित नभएको गाँजा तुरून्तै प्रतिबन्ध लगाउन उसले दबाब दियो।

    खासगरी हिप्पी कालमा काठमाडौं छिरेका कतिपय अमेरिकी ‘लागुऔषध सेवन गर्न’ यतै बस्न थालेपछि अमेरिका चिन्तित थियो। र, उसकै दबाबले नेपालमा प्रतिबन्ध लाग्यो।

    गाँजाको महत्व हामीकहाँ परम्परागत रूपले नै स्वीकारिएको छ। उति बेला बूढापाकाले अनिद्रा र शारीरिक पीडा हटाउन गाँजा सेवन गर्ने चलन थियो। भजनकिर्तनको आनन्द लिन, चाडपर्व मनाउन, घरपालुवा जनावर उपचार गर्न र साधुहरूलाई दान दिन पनि गाँजा प्रयोग हुन्थ्यो।

    गाँजालाई मान्छेको दैनिक व्यवहारमा पनि उपयोगी मानिएको छ। यसको चोपबाट चरेस उत्पादन हुन्छ, जुन महँगो हुनाले ‘ब्ल्याक गोल्ड’ भनिन्छ। गाँजाको रेसाबाट कपडा र पातबाट उच्च कोटीको प्रांगारिक मल बनाइन्छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आज सोमवारको राशिफल
  • पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद
  • उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्
  • मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आज सोमवारको राशिफल

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    भारतलाई निःशुल्क शालिग्राम दिइएको भन्दै गौतमको आपत्ति

    कांग्रेस–एमालेले उपसभामुखलाई हटाउन खोज्दैछन् : सांसद सिंह

    ३ जना मृतावस्थामा फेला

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आज सोमवारको राशिफल

    News

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    News

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    News

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    News

    हत्या अभियोगमा एक जना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑