• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    यसरी सुरु भएको थियो विश्वकै पहिलो सर्च इन्जिन ‘आर्ची’

  • वीरगंज संजाल
  • २४ कार्तिक २०७८, बुधबार ०८:५४
  • ३०७७

    काठमाडौं । सर्च इन्जिन भन्ने बित्तिकै सबैको दिमागमा सबैभन्दा अगाडि आउने नाम हो, गुगल । हामी मध्ये कतिपयलाई त गुगल नै पहिलो सर्च इन्जिन हो भन्ने पनि लाग्न सक्छ । तर वास्तवमा विश्वको सबैभन्दा पहिलो सर्च इन्जिनको नाम ‘आर्ची’ हो ।

    क्यानडाको मोन्टेरियलमा अवस्थित म्याकगिल विश्वविद्यालयका विद्यार्थी एलन इम्टेजले आफ्नो स्कुल प्रोजेक्टको रुपमा सन् १९९० को सेप्टेम्बर १० मा आर्ची सार्वजनिक गरेका थिए ।

    इम्टेज सन् १९८९ मा उक्त विश्वविद्यालयको सूचना प्रविधि विभाग अन्तर्गत स्नातक तहमा पढ्दै थिए । उनले विश्वविद्यालयका अन्य विद्यार्थी र विभागका विद्यार्थीहरूको लागि एउटा सफ्टवेयर बनाउनुपर्ने थियो ।

    यसैबीच उनले विश्वकै सबैभन्दा पहिलो सर्च इन्जिनको विकास गरेका थिए । बिल हिलन र पिटर डोइचको पनि त्यसमा उत्तिकै योगदान रह्यो । इम्टेजले कोडिङ गरेपछि बिल र पिटरले प्रयोगकर्ताका लागि सर्च इन्जिन प्रयोग गर्न लगअनको स्क्रिप्ट तयार गरेका थिए ।

    हामीले आज प्रयोग गर्ने विभिन्न सर्च इन्जिनभन्दा आर्ची एकदमै भिन्न छ । प्रयोगकर्ताले यो सर्च इन्जिनमा लगअन गरेपछि पूर्ण रुपमा टेक्स्टमा मात्र आधारित सामग्रीहरू देखा पर्दछन् ।

    अहिलेको जस्तो कुनै विज्ञापन अथवा ग्राफिक्सहरू यसमा केही पनि थिएनन् । इन्टरनेटको सुरुवात हुँदै गर्दा आर्ची फाइल ट्रासफर प्रोटोकल (एफटीपी) साइटहरूको इन्डेक्सको रुपमा परिचित थियो ।

    कम्प्युटरहरू बीचमा एफटीपीले फाइलहरू ट्रान्सफर गर्ने काम गर्छ । तपाईंले खोजेको कुरा आर्चीमा भेटिएपछि त्यसभित्र के छ भनेर थाहा पाउन फाइल डाउनलोड गर्नुपर्ने हुन्थ्यो ।

    हामीले प्रयोग गर्ने भाषाहरूको ठ्याक्कै किवर्ड नहुने हुँदा आर्चीमा कुनै पनि आवश्यक कुरा खोज्न तपाईंले चाहेको कुराको शब्द ठ्याक्कै राखेर खोज्नुपर्थ्यो । जस्तै यदि तपाईं बिल क्लिन्टनको तस्वीर खोज्न चाहनुहुन्छ र तपाईंले बिल मात्र टाइप गर्नुभयो भने बिल क्लिन्टनको फोटोको ठाउँमा अन्य बिल अर्थात् रसिदका फोटोहरू आउन सक्छन् ।

    आर्चीपछि बजारमा आएका दुई सर्च इन्जिनहरू जगहेड र वेरोनिका हुन् । यसलगत्तै सन् १९९५ मा याहू र १९९७ मा गुगल सर्च सुरु भए । तीन दशकको यो अन्तरालमा हामीले प्रयोग गर्ने सर्च इन्जिनमा धेरै परिवर्तन आइसकेको छ । यस्ता सर्च इन्जिनले हाम्रो जीवनलाई धेरै नै सहज बनाइरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑