काठमाडौँ | प्रधानसेनापति प्रभुराम शर्माले सैनिक श्रीमती संघको वार्षिक मुखपत्र ‘सेवा सुमन’ लोकार्पण गरेका छन्।सैनिक मुख्यालय जंगी अड्डा परिसरमा भएको संघ स्थापनाको ३८औँ वार्षिकोत्सव समारोहमा महारथी शर्मा र संघकी अध्यक्ष सुनिता शर्माले वार्षिक मुखपत्रको पछिल्लो अंक विमोचन गरेका हुन्।
संघको वार्षिकोत्सव झण्डोत्तोलनलगायत विविध कार्यक्रम गरी मनाइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
श्रीमती संघले सेनाका बहालवाला तथा भूपू सैनिकका आश्रित परिवाललाई लक्ष्य गर्दै विभिन्न आयमूलक र सेवामूलक सामाजिक कार्यक्रम गर्दै आएको छ।